Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाका ५६ किसानलाई अनुदानमा च्यापकटर

सूर्योदय नगरपालिकाका ५६ किसानलाई अनुदानमा च्यापकटर

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १ २०७७


सूर्योदय नगरपालिकाका ५६ किसानलाई अनुदानमा च्यापकटर

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले ५० प्रतिशत अनुदानमा मोटर सहितको च्यापकटर वितरण गरेको छ । नगरपालिकाको किसानसंग समृद्धि अभियान अन्र्तगत १४ वटै वडाका ५६ जना किसानलाई अनुदानमा च्यापकटर वितरण गरेको हो । कृषिको लागि परिचित नगरले कृषिमा आधुनिकिकरण गर्नका निम्ति किसानहरुको लागि कार्यक्रम गर्दै आएको छ ।

कृषि उत्पादनमा लागत कम गर्ने उद्धेश्यले किसानहरुलाई विभिन्न प्रकार अनुदान र प्रोत्साहनका कार्यक्रमहरु प्रदान गर्दै आएको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले जानकारी दिए । नगरले गत असारमा ६ वटा वडामा ६० हजार भन्दा बढि नेपियर जातको घाँसको विरुवा वितरण गरेको थियो । गाईपालनको लागि सूर्योदय नगर महत्वपुर्ण ठाउँ भएकाले भन्दै विरुवा वितरण गरिएको थियो ।

गाई जोन संचालन सँगै उन्नत जातको गाई ८० प्रतिशत अनुदानमाका साथै घाँसको बिउ मलखाद लगायत वितरणमा आफनो नगरपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको छ । नगरले अर्गानिक नगरको आधार पशु आहारमा सुधार” भन्ने नारा नै राखेर कार्यक्रम गर्दै आएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार