Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राजदूवाली सुखानी सडकमा पर्ने लोदिया पुल निर्माण अलपत्र

राजदूवाली सुखानी सडकमा पर्ने लोदिया पुल निर्माण अलपत्र

  • तेज बहादूर घिमिरे
  • मंगलबार, साउन २७ २०७७


राजदूवाली सुखानी सडकमा पर्ने  लोदिया पुल निर्माण अलपत्र

इलाम । इलामलाई झापा जोड्ने राजदूवाली दानाबारी सुखानी सडकमा पर्ने लोदिया खोलाको पुल निर्माण अलपत्र परेको छ । पुल सेक्टर एक नम्बर कार्यालय धरानले ठेक्का संझौता गरेको पुल निर्माणको म्याद सकिएपनि अलपत्र परेको हो । पछिल्लो सयम कोरोना भाइरसको कारण देखाउँदै ठेकेदारले काम गर्न छोडेको छ ।
३६ महिनामा निर्माण सम्पन्न गर्ने गरि २०७४ असारमा ठेक्का संझौता भएपनि अहिलेसम्मको प्रगति ५० प्रतिसत मात्रै रहेको छ । रसुवा इलाइट जेभिले निर्माणको जिम्मा पाएको पुल समयममा नबन्दा दक्षिणि इलामका बासिन्दालाई वर्षातमा आवतजावतमा समस्या हुँदै आएको छ ।
माई नगरपालिका ३ मा रहेको लोदिया खोलाको पुल निर्माणको काम लकडाउनका कारण अघि बढ्न नसकेको पुल सेक्टर कार्यालय धरानका इञ्जिनियर कैलास देवले बताउनुभयो । २१ करोड ६२ लाखमा संझौता भएको पुल २ सय मिटर लामो रहेको छ । पुल निर्माणको लागि पछिल्लो पटक ६ महिना म्याद थपिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार