इलामः प्रत्येक घरमा छोरामान्छेको हाउभाउ र बोलीचालीमा जो कोहीले पनि मायाले बदमाश भनेर भन्ने गर्छन यस्तै केही मायाका कुराहरूमा भएको बदमाशीलाई समेटेर तयार गरिएको गित सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा लेखन विधामा यसअघि लाईदैन माया पिरती बोलको गित सार्वजनिक गरिसकेका साथै संचार क्षेत्रमा चियाबारी एफएममा कार्यरत विक्रम सुन्दास को शब्द रचनामा बदमाश गित सार्वजनिक भएको हो ।
सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारीको आवाज रहेको गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन भने गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।