इलाम । व्यवसायीक रुपमा तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिका ३ को रुङ्सुङ्ग गाउँ जोड्ने सडक चौडा गरिएकाे छ । प्रदेश सरकारको लगानीमा २०६५ सालमा निर्माण गरिएको सडकलाई चौडा गर्ने काम भएपछि स्थानीयमा खुशियाली छाएको हो । १० वर्ष अघि निर्माण भएको सडक स्तराेन्नती गरिएपछि सूर्योदय नगरपालिका ३ को रुङ्गसुङ्ग गाउँका स्थानीयबासीमा खुसियालि छाएको हाे । रुङ्सुङ्ग चौकदेखि पर्यटकीय स्थल तीनतले झरनासम्म पुग्ने सडक चौडा गरिएपछि सवारीसाधन संचालनमा सहज भएको छ ।

कालोपत्रे सडकको नजिक भएर पनि ओझेलमा परेको गाउँमा प्रदेश सरकारले सडक चौडा गर्ने योजना परेपछि उपभोक्ता आफै काम गर्दै आएका छन् । सडक योजना कार्यान्वयन गर्न उपभोक्ताहरु अाफै श्रमदान गर्दै आएका हुन् । सडक निर्माणका लागि प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रम अन्तरगत २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिले सवारीसाधन संचालनमा कठिनाइ भएको सडक खण्डको ८ किलोमिटर सडक चौडा भएपछि सवारीसाधन संचालनमा सहज हुनेछ ।

व्यवसायीक रुपमा तरकारी खेती हुँदै आएको गाउँमा सडक खराब हुँदा समस्या भोग्दै स्थानीयको काम अनुसार योजना छनौट भएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । चालु आर्थिक वर्षमा चौडा गरिएको सडक आगामी आर्थिक वर्षमा स्तरउन्नतीका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारको योजना छ ।