Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बर्थिङ सेन्टरमा शिशु जन्माउने आमाहरुलाई माई नगरपालिकाद्धारा थप ५ हजार प्रोत्साहान रकम हस्तान्तरण

बर्थिङ सेन्टरमा शिशु जन्माउने आमाहरुलाई माई नगरपालिकाद्धारा थप ५ हजार प्रोत्साहान रकम हस्तान्तरण

  • सन्देश सम्बाददाता
  • शनिबार, माघ ११ २०७६


बर्थिङ सेन्टरमा शिशु जन्माउने आमाहरुलाई माई नगरपालिकाद्धारा थप ५ हजार प्रोत्साहान रकम हस्तान्तरण

दानाबारी ।  स्वास्थ्य संस्थाहरुमा पुगेर शुशि जन्माउने आमाहरुलाई इलामको माई नगरपालिकाले थप नगद प्रोत्साहान रकम प्रदान गरेको छ । माई नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच गरि शिशु जन्माउने आमाहरुलाई उत्प्रेरणा कार्यक्रम अन्तरगत नगरपालिकाले प्रोत्साहान रकम थप गरि प्रदान गरेको हो ।


संघीय सरकारको शर्सत अनुदान अन्तरगत २८ सय रुपैँयामा माई नगरपालिकाले पाँच हजार थप गरि ७ हजार आठ रुपैयाँ प्रदान गरेको हो । माई नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य संस्थामै सुत्केरी आमाहरुले नियमित गर्भजाँच र शिशु जन्माउन भनि उत्प्रेरणा दिने उदेश्यले सो रकम प्रदान गरेको नगर प्रमुख दिपक थेवेले बताउनुभयो ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनानाथ लम्सालको अध्यक्षता भएको एक कार्यक्रममा माई नगरपालिका प्रमुख दिपक थेवे, उप–प्रमुख विष्णुमाया आर्चायले सुत्केरी आमाहरुलाई उत्प्रेरणा स्वरुप प्रदान गरिने रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमखु थेवेले सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्दा हिड्ने खर्चको अभावपूर्ती गर्ने र फलफुल तथा सागसब्जि खरिदमा समस्या नहोस् भनेर थप रकाम प्रदान गरिएको बताउनुभयो । प्रमुख थेवे भन्नुभयो–‘नगरपालिकाले थप रकम प्रदान गर्यो भनेर धेरै बच्चा जन्माउने काम नगर्नुहोस्,घरमा बढीमा दुई सन्तान भए पुग्छ ।


नगरपालिकाले शुरु गरेको उत्प्रेरणा रकम २१ जना आमाहरुलाई शुक्रबार पहिलो पटकमा रकम हस्तान्तरण गरिएको माई नगरपालिका प्रशासकिय अधिकृत नविनकुमार पौडेलले बताउनुभयो । मातृ मृत्युदर र बाल मृत्युदरलाई कम गर्न स्थानीय सरकारले थप रकम हस्तारन्तरण गरेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले बर्थिङ सेन्टरमा बच्चा जन्माउने आमाहरुलाई मात्रै उत्प्रेरणा रकम प्रदान गर्ने निर्णय गरेको छ । माई नगरपालिकाको केन्द्र रहेको स्वास्थ्य चौकी सितली र वडा नम्बर ९ स्थित चिसापानीमा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेलले बताउनुभयो ।


इलामको माई नगरपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउने आमाहरुलाई थप ५ हजार रकम दिने निर्णय पछि रकम हस्तान्तरण गरिँदै ।  यो कार्यक्रमसँगै बर्थिङ बच्चा जन्माउन् आमाहरुले अब माई नगरपालिकामा ७ हजार ८ सय रकम पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार