Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विश्वभरका पर्यटकहरुको गन्तव्य इलामको सन्दकपुरमा बल्यो बिजुली, पर्यटन व्यवसायी उत्साहित

विश्वभरका पर्यटकहरुको गन्तव्य इलामको सन्दकपुरमा बल्यो बिजुली, पर्यटन व्यवसायी उत्साहित

  • सुजन तिमल्सिना
  • सोमबार, पौस १४ २०७६


विश्वभरका पर्यटकहरुको गन्तव्य इलामको सन्दकपुरमा बल्यो बिजुली, पर्यटन व्यवसायी उत्साहित

सन्दकपुर । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीयस्थल इलामको सन्दकपुरमा विद्युत सुविधा पुगेको छ । संघीय सरकारले प्रदे नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्यमा घोषणा गरि पर्यटन पूर्वाधार निर्माणमा प्राथमिकता दिएसँगै विद्युत बालिएको हो ।


भारत र तेस्रो मुलकका अधिक पर्यटक पुग्ने सन्दकपुरमा विद्युत सुविधाको माग पर्यटक तथा होटल व्यवसायीहरुले धेरै पहिलादेखि गर्दै आएका थिए । सन्दकपुर गाउँपालिका भित्रका प्रमुख पर्यटकीय गन्तव्यमा विद्युत सुविधा पु¥याउनुपर्ने पर्यटन व्यवसायीको मागलाई सन्दकपुर गाउँपालिकामा जनप्रतिनिधिहरुले पनि पहिलो प्राथमिकतामा राखेका थिए ।


गाउँपालिकाको गौरबको योजनामा रहेको विद्युत विस्तारको काम नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरि प्राथमिकताका साथ काम गरेको थियो । आर्थिक वर्ष ०७५÷०७६ मा विद्युत विस्तारको काम शुरु गरेर २०७६ पुष १२ गते प्रशारण लाइनमा सफलताका सथा परिक्षण प्रसारण गरेको नेपाल विद्युत प्राधिकरण इलाम बितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो । भारतीय सीमा क्षेत्रमा रहेको सन्दकपुर ३६ सय ३६ मिटरको उचाईमा रहेको छ । विश्वभरबाट अधिक पर्यटक सन्दकपुर पुग्ने सन्दकपुरमा विद्युत पुगेपछि पर्यटन व्यवसायी पनि खुशि भएका छन् ।


पर्यटकको आकर्षणको केन्द्र र सरकारले प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय क्षेत्र घोषणा गरेपछि सन्दकपुरमा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय बिराटनगरले पनि प्राथमिकताका साथ विद्युत विस्तारमा समन्वय गरेको थियो । प्रादेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेका अनुसार वर्षमा डेढ लाख बढी पर्यटन पुग्ने सन्दकपुरमा पर्यटक वर्ष शुरु हुनु पुर्वनै विद्युत पु¥याउँदा सकारात्मक सन्देश गएको छ । विद्युत पुगेपछि चिसो मौसममा पर्यटकको सन्दकपुर भ्रमण गर्ने प्याकेज बढ्ने पाण्डेको भनाइ छ ।


सन्दकपुर गाउँपालिका र नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रको गरि दुई करोड बढी बजेट विद्युत विस्तारमा खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । प्राधिकरणको शाखेजुङ्ग फिडर अन्तरगतको सन्दकपुर गाउँपालिकाका स्थित देउराली खोर्सानेटारबाट साढे आठ किलोमिटर प्रशारण लाइन विस्तार गरि इलामकै सबैभन्दा अग्लो स्थानमा विद्युत पु¥याइएको गाउँपालिका अध्यक्ष उदय राइले बताउनुभयो । अध्यक्ष राईका अनुसार आगामि आर्थिक वर्ष भित्रमा गाउँपालिकका सबै स्थानमा विद्युत विस्तार गरि टुकी मुक्त गाउँपालिका बनाउने योजना रहेको छ । विद्युत विस्तारपछि पर्यटकको सुविधाका लागि विद्युत वितरणको काम पनि शुरु गरिएको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले जनाएको छ ।


पर्यटन भ्रमण वर्षको शूरुवातमै प्रशारण लाइनको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको व्यस्तताका कारण २०७६ चैत्र महिनामा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पर्यटन भ्रमण वर्षको पहिलो साता पुष १९ गते विद्युत प्रशारण लाइनको उद्घाटन कार्यक्रम गर्ने तय गरेको थियो ।

प्रशारण लाइनको औपचारीक उद्घाटन ढिलो भएपनि उपभोक्तामाझ मिटर वितरणको काम थालिनि गरेको इलाम वितरण केन्द्र प्रमुख पंकज गोइतले बताउनुभयो । वहाँले भन्नुभयो–‘भ्रमण वर्षमा आउने पर्यटकहरुलाई उज्यालो सन्दकपुर देखाउन हामिले परिक्षण प्रशारण सकि अहिले मिटर वितरणको कामलाई तिब्रता दिएका छौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार