Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निर्माण शुरु भएको २५ वर्षपछि चट्टान काटेर जोगमाई-ढाडेखोला-मानेभञ्ज्याङ्ग सडकको ट्रयाक खोलियो

निर्माण शुरु भएको २५ वर्षपछि चट्टान काटेर जोगमाई-ढाडेखोला-मानेभञ्ज्याङ्ग सडकको ट्रयाक खोलियो

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १० २०७६


निर्माण शुरु भएको २५ वर्षपछि चट्टान काटेर जोगमाई-ढाडेखोला-मानेभञ्ज्याङ्ग सडकको ट्रयाक खोलियो

माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिका-२ जोगमाईको ढाडेखोला हुँदै नेपाल भारत सिमावार्ती बजार मानेभञ्ज्याङ् जोड्ने सडकको ट्रयाक खोलिएको छ । ट्रयाक खोलिएसँगै ढाडेखोला नजिकमा पर्ने गणेश भिर फोडेर विगत २५ वर्ष देखि अँधेरी गाउँ र सरसुङे गाउँलाई मोटरेवल बाटो जोडिएको हो ।


गणेश भिर प्राविधिक रुपले अत्यन्तै जोखिम रहेको थियो र उक्त भिर फुटाएर ट्रयाक खोल्नु एक चुनौति पुर्ण काम भएपनि निकै मेहनतका साथ काम गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताए । करिव ४ महिना देखी गाउँपालिकाको एक्साभेटर मेसिन र सयौंको संख्यामा सडक निर्माणका लागि स्थानीयबासीको जनश्रममा जुटेका कारण सडकको ट्रयाक खोल्ने क्रम सकिएको हो ।

ट्रयाक खोलिएसँगै स्थानीयको सकृय सहभागितामा बुधबारदेखि गुम्वाडाँडा–घारेगाँउ–सरसुङ–ढाडेखोल–अँधेरी गाउँ सडक सम्म मापदण्डको करीव ८ किमि मोटरेवल सडक सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।

सडकको उपभोक्ता समितिले बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष जितबहादूर राईबाट उद्घाटन गरिनुका साथै गाउँपालिकाको मेसिन अपरेटरलाई सम्मान गरिएको थियो । २५ वर्ष अघिबाट निर्माण शुरु भएको उक्त सडकको स्तर उन्नती र चट्टान तोडी निर्माण सम्पन्न भएको हो ।

घारेगाउ, सरिसिङ ,अधेरी हुँदै सूर्योदय नगरपालिकाको मानेडाँडा र नेपाल भारते सिमावर्ती बजार मानेभञ्ज्याङ् सम्म उक्त सडकलाई जोड्ने लक्ष्य गाउँपालिकाले राखेको अध्यक्ष राईले जानकारी दिए ।

भिरमा बाटो निकालिए पछि स्थानीय बासिन्दालाई आवातजावातमा सहज भएको छ । २०५४ साल मा ट्रयाक खोल्ने काम भएको उक्त सडकको हाल स्तरउन्नतीको काम भइरहेको छ ।

सडक उद्घाटन गर्दै गणेश भिर प्राविधिक रुपले अत्यन्तै जोखिम रहेको र उक्त भिर फुटाएर ट्रयाक खोल्नु एक चुनौतिपुर्ण काम सकिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

करिव ४ महिना देखी गाउँपालिकाको एक्साभेटर मेसिन तथा सयौंको संख्यामा जनश्रममा जुटेका स्थानीयको सकृय सहभागितालाई गाउँपालिकाले निकै महत्वपूर्ण काम भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार