एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं। ७ एकतप्पा दोकानडाँडामा बुधवार भव्य रुपमा सम्पन्न भएको छ ।
वडा कार्यालयबाट प्ले कार्ड, ब्यानर बोकेर सुरु भएको ¥याली दोकानडाँडा बजार परिक्रमा गरी पुनः वडा कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा जनप्रतिनिधि , कर्मचारी बिद्यार्थी र स्थानीयको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले सबैको सोच परिवर्तन गरेर सकारात्मक कुरा गरेर घरबाटै हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । टोल टोलमा प्रहरी पुगेर हिंसाका घटना अन्त्यका गर्न लागिपरेको बताउनुभयो । मादकपदार्थ, जुवातासले घटना हिंसा घट्ने भन्दै यस्ता क्रियाकलाप अन्त्य गर्न एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । सामाजिक न्याय सहितको समृद्ध फाकफोकथुम निर्माणका लागि सबै क्षेत्र वर्गले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्र, प्रदेशको निर्देशन बमोजिम गाउँपालिकाको केन्द्र तथा सार्वजनिक संस्थाको २०० मिटर आसपास क्याराम बोर्ड तथा जुवाजन्य खेल खेल्न गाउँपालिकाले निषेध गरेको बताउँदै उहाँले गाउँपालिकाको केन्द्र आमचोकलाई समतामूलक तथा स्वच्छ बजार निर्माणका लागि गाउँकार्यपालिकाले जुवाजन्य तथा क्यारामबोर्ड खेल खेल्न प्रतिबन्ध लगाएको उद्घोष गर्नुभयो । ‘जुवातासलगायतका खेल खेल्ने वरपरको समाज पनि फोहोरी र पछि परेको उदाहरण छ,’ उहाँले भन्नुभयो ‘त्यसैले जुवाजन्य र क्यारामबोर्डमा प्रतिबन्ध लगाएका हौं ।’
कोणसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले लैंगिक हिंसा विरुद्धको वर्ष अभियानको औचित्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष सरस्वती राई ९सरु० ले मादकपदार्थ, जुवातासनै घरेलु हिंसाको मुख्य जड भएको बताउँदै यस्ता विकृतिलाई अन्त्य गर्न लागिपर्न आग्रह गर्नुभयो । छाउपडी प्रथा, बलात्कार, महिला हिंसाजस्ता कुसंस्कारलाई अन्त्य गर्दै समतामूलक समाज र राष्ट्र निर्माणमा आजको दिनले प्रेरणा मिल्ने बताउनुभयो ।
क्यारामबोर्ड, जुवातास खेलेर घरपरिवार, धन खेर फाल्नुभन्दा खेलेर समय बिताउने युवाहरुलाई विकास निर्माणमा लाग्न र त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाको सहयोगमा विद्यालय–विद्यालयमा गएर प्रहरीसँगको साझेदारीमा किशोरीहरुलाई लंैगिक हिंसा विरुद्धको बारेमा सचेतना फैलाउने कार्यक्रम गाउँपालिकाले तय गरेको उहाँको भनाई थियो ।
मंसिर १७ गते वडा नं। ४ मा कार्यक्रम सम्पन्न भएको थियो । वडा नं। ७ का वडाध्यक्ष लोकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य शशिधर खनाल, अमृता नेपाली, महिला सञ्जालकी लक्ष्मी आले, जनकल्याण माविका प्रअ दुर्गाबहादुर लिम्वू, सिंहदेवी माविका प्रअ डिकबहादुर राई, रविन्द्र राईलगायतले शुभकामना मन्त्व्य राख्नुभएको थियो भने गाउँपालिकाका कर्मचारी विमल घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।