Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कुटिडाँडामा सडक बिस्तार गर्ने गाउँपालिकाको तयारी

कुटिडाँडामा सडक बिस्तार गर्ने गाउँपालिकाको तयारी

  • गणेश अर्याल
  • शुक्रबार, कार्तिक २९ २०७६


कुटिडाँडामा सडक बिस्तार गर्ने गाउँपालिकाको तयारी

रोङ : इलामको रोङ गाउँपालिकाले मेची राजमार्गको हाँसपोखरी कुटिडाँडा खण्डको सडक क्षेत्र कायम गर्ने भएको छ । सडकको केन्द्र बाट दुबै पटी १५÷१५ मिटर सडक क्षेत्र खाली गराई सडक बिस्तार गर्ने भएको हो ।कार्यपालिकाको बैठकले सडक खाली गराउन ३५ दिने सूचना निकाल्ने निर्णय गरेको भौतिक पूर्वाधार बिकास समितिका सम्योजक एव गाउँपालिकाका प्रबक्ता सुवास तामाङले बताए । ‘सडक डिभिजन कार्यालयबाट सडक बाट भौतिक संरचना हटेपछि तुरुन्त निर्माणको काम हुनेछ, प्रबक्ता तामाङले भने– ‘हामीले पहिले नै त्यहाको बासिन्दालाई भनिसकेकाले सडक क्षेत्रखाली गर्नमा स्थानीयको सहयोग हुनेछ’ ।

सडक निर्माणको लागि केन्द्रीय बजेट आएकाले बाध्यकारी रुपमा सडक निर्माण हुने बताउदै प्रबक्ता तामाङले सडक फराकिलो हुदा त्यस क्षेत्रकै बिकास हुने बताए । सडक फराकिलो नहुदा सवारी जाम हुने तथा कतिपय अवस्थामा दुर्घटना हुने गरेको थियो । स्थानीय बासी सँग अनौपचारीक र औपचारिक रुपमा छलफल हुदाँ बजार ब्यवस्थित गर्नको लागि सडक बिस्तार गर्नुपरेको गाउँपालिका अध्यक्ष शमसेर राई बताउछन् । ‘सडक बिस्तार भनेको भएको घर र संरचना हटाउने मात्रै नभए ब्यपार ब्यवसाय बढाउने पनि हो, अध्यक्ष राईले भने– ‘अहिले ब्यापारको नाममा सडक रुङने काम मात्रै भइरहेको छ तर अव सवारी साधन रोकेर सामान किन्न सक्ने बातावरण बन्छ ।’

कार्यपालिकाको निर्णय अनुसार अव सडक क्षेत्रको घर टहरा लगायतका भौतिक संरचना हटाउन ३५ दिने सूचना जारी हुने छ । घरटहरा हटेपछि यसै आर्थिक बर्ष भित्रमा सडक बिस्तार र नाली को काम सम्पन्न हुने अध्यक्ष राईले बताएका छन् । सडक ऐन २०३१ को २०७५ फागुन १९ को सम्सोधन अनुसार सडक क्षेत्र खाली गराउन स्थानीय तह गाउपालिका वा नगरपालिकाले सूचना जारी गर्न सक्ने ब्यवस्था रहेको छ । रोङ गाउँपालिकाले खाली गर्न लागेको सडक क्षेत्रमा ब्यक्तिको नीजि जग्गा कम भएकाले सडक क्षेत्र खाली गराउन सहज हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार