Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सीमाको व्यवस्थित सिमाङ्कन गर्न इलामको पशुपतिनगरमा युवा तथा विद्यार्थीको बिशाल खबरदारी सभा

सीमाको व्यवस्थित सिमाङ्कन गर्न इलामको पशुपतिनगरमा युवा तथा विद्यार्थीको बिशाल खबरदारी सभा

  • सुजन तिमल्सिना
  • बिहिबार, कार्तिक २८ २०७६


सीमाको व्यवस्थित सिमाङ्कन गर्न इलामको पशुपतिनगरमा युवा तथा विद्यार्थीको बिशाल खबरदारी सभा

पशुपतिनगर । इलामका युवा तथा विद्यार्थी आफ्नो देशको सीमा क्षेत्र व्यवस्थित गर्न सरकारलाई खबरदारी गरेका छन् । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा पुगेर युवा तथा विद्यार्थीहरुले सीमा क्षेत्र व्यवस्थित सरकारसँग माग गरेका हुन् ।


बिभिन्न प्लेकार्ड सहित सूर्योदय नगरपालिकाको फिक्कल हुँदै पशुपतिनगर पुगेका ४ हजार बढी विद्यार्थीहरुले छमेकी देशहरुसँग कुटनितिक पहल गरि सीमा आफ्नो देशको भु–भाग सुरक्षा गर्न सरकारसँग आग्रह गरेका थिए ।


अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनीयन इलामको संयोजनमा भएको कार्यक्रममा सूर्योदय नगर क्षेत्रका सबै निजी बिद्यालयका बिद्यार्थी समेत सहभागि भएका थिए । भारतले पटकपटक नेपाली भूमी अतिक्रमण गर्दै आएको इलामको सिमावर्ती पशुपतिनगरमा बिद्यार्थीले सरकारलाई खबरदारीसँगै भारत सरकारको एकलौटी निर्णय बिरुद्ध प्रर्दशन गरेका हुन् । पशुपतिनगर पुगेका बिद्यार्थीले सिमानामै पुगेर भारतले सार्वजनिक गरेको नक्शा सच्याउनका लागि तत्कालै पहल गर्न सरकारसँग माग गर्दै प्रर्दशन गरेका हुन् ।


बिद्यार्थीले लिप्पीयाधुरा, लिपुलेक , कालापानी नेपालको भूमी भएकाले तत्काल नक्सा सच्याउन भारत सरकारसँग पनि माग गरेका छन् । भारत सरकार र भारतीय प्रधानमन्त्री बिरुद्ध चर्का नारावाजी गर्दै ¥याली सहित पशुपतिनगरको सिमा क्षेत्र फाटक पुगेका बिद्यार्थीले इलाम जिल्लाको सन्दकपुर लगायतका स्थानमा भारतीय सिमा सुरक्षाबलले निर्माणाधिन संरचना रोकेकोमा चर्को बिरोध गरे ।


बिरोध सभालाई सम्बोधन गर्दे युवा संघका केन्द्रिय लेखा आयोग सदस्य तथा सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले भारतीय मिचाहा प्रबृतिका कारण सूर्योदय नगरपालिकाको सिमा क्षेत्र समेत असुरक्षित बन्दै गएको बताए । उनले तत्काल सिमानामा देखिएका समस्या समाधान गर्न नेपाल सरकारको पहल पुग्नुपर्ने र भारत सरकार त्यसमा तयार नभए पूर्वको ढोक पशुपतिनगरबाट युवाले भारत बिरुद्धको आन्दोलन थालेर देश ब्यापी बनाउने बताए ।


कार्यक्रममा अखिलका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले सरकारले तत्काल पहल गरेर भारतले हस्तक्षेप गरेको भूमी फिर्ता लिनु पर्ने बताए । अखिलकै केन्द्रिय सदस्य सदिंभक्त शंकरले सिमामा देखिएका समस्या सरकारी तवरबाट हल नभए बिद्यार्थीहरु सिमानामा रगत बगाउन तयार भएको बताए ।

बिद्यार्थीहरुले सूर्योदय नगरपालिकाको फिक्कल, पशुपतिनगर बजारमा नाराजुलुस सहित प्रर्दशन गरेका थिए । सिमानामा बिद्यार्थीले भारतको बिरुद्ध प्रर्दशन र कार्यक्रम गरिरहदा सीमा क्षेत्रमा नेपालतर्फ शसस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्टका प्रहरीहरु र भारतीय सिमा सुरक्षाबल बाक्लो रुपमा उपस्थित रहेको थियो । पशुपतिनगरमा प्रदर्शन गर्नुअघि सूर्योदय नगर प्याब्सनको आयोजनामा फिक्कल बजारमा सीमा रक्षाका लागि सरकारलाई खबरदारी सभा गरेको थियो ।

खबरदारी सभामा जिल्ला प्याब्सनका उपाध्यक्ष रगुन गुरुङ्ग, वडाध्यक्ष पेमाउगेन लामा, नेकपाका नेता सुजन नेपाल र विद्यार्थी नेता दिनेश ढकालले भारतीय पक्षको व्यवाहारप्रति सजग भएर सीमाको रक्षा गर्न सरकारसँग माग गरेका थिए ।


पशुपतिनगरमा भारतीय पक्षले दशगजामै गुम्बा, सुरक्षा बिट निर्माण गरेको छ । सूर्योदय नगरपालिकाकै हिले छब्बीसे पुलखोलामा समेत भारतले सिमाना मिचेको छ । इलामको रोङ गाउँपालिका मेची किनारदेखि सन्दकपुर सम्मको लगभग ५३ किलोमिटर क्षेत्रमा सिमा समस्या छ । इलाम जिल्ला संग सिमाना जोडिएको भारतीय सिमानामा जम्मा एक सय ४६ वटा सीमा स्तम्भहरू रहेका छन् ।

त्यस मध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र माईनर स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको पाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार