इलाम । भारतले आफ्नो राजनितीक नक्साङ्कनमा नेपाली भूमी समेत समेटेर बिस्तारबादी नीति लिएको बिरोधमा सत्ताधारी विद्यार्थीहरुको संगठनले इलाममा बिरोध जनाएको छ । बुधबार एकिकृत अनेरास्वबियु इलामले आयोजना गरेको बिरोध ¥यालीको आयोजना गरि बिरोध जनाएका हुन् ।

इलाम बजारको रत्नचोकबाट शुरु भएको बिरोध ¥याली इलाम चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अनेरास्वबियुका अध्यक्ष प्रबेश परजुलीको नेतृत्वमा विद्यार्थी, नेकपाका स्थानीय नेता तथा सर्वसाधारणको ¥यालीमा सहभागिता रहको थियो । कोण सभालाई अनेरास्वबियुका केन्द्रिय सदस्य रबिन्द्र सुबेदिले सम्बोधन गर्दै भोली देखिका सङ्हर्षका कार्यक्रमहरुमा सबैलाई सहभागिताका लागि आह्वान गरेका थिए । सम्बोधनका क्रममा केन्द्रिय सदस्य सुवेदीले देशको माटो भारतले फिर्ता नगरेमा रगत बगाउन पनि तयार भएको बताएका थिए ।