Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तिहारको अवसरमा माईजोगमाईको मलुमजुवामा विद्युतको उद्घाटन

तिहारको अवसरमा माईजोगमाईको मलुमजुवामा विद्युतको उद्घाटन

  • संगीता थामी
  • सोमबार, कार्तिक ११ २०७६


तिहारको अवसरमा माईजोगमाईको मलुमजुवामा विद्युतको उद्घाटन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका १ स्थित साविक नयाँबजार ९ मलुमजुवामा निर्माण भएको विद्युत प्रशारण तथा वितरण लाइनको उद्घाटन भएको छ । गाउँपालिकाका लगानीमा भएको विद्युत विस्तारको काम सम्पन्न भएपछि एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जितबहादूर राईले स्विच अन गरेर उद्घाटन गरेका थिए ।
गाउँपालिकाको वडा नम्बर एकको मलुमझुवामा विद्युत विस्तारका लागि माईजोगमाई गाउँपालिकाले बिधुतिय पोल, तारका लागि बजेट विनियोजन गरेको थियो । विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण इलामले ट्रान्सर्फमर प्रदान गर्नुका साथै प्राविधिक सहयोग गरेको थियो । विद्युत विस्तार पछि मलुमझुवाका एक सय परिवारमा उज्यालो छाएका माई जोगमाई गाउँपालिकका संजिव थामिले बताए । विद्युत प्रशारण लाईको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जित बहादूर राईले बिधुत नपुगेको ठाउँमा अबको दुई बर्ष भित्रमा सबै वडामा बिद्युत बिस्तारको काम सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार