इलाम । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी इलाम अन्तर्गत शिक्षा तथा मानव श्रोत विभागमाले पूर्णता पाएको छ । विभागको प्रथम बैठक जिल्ला पार्टी कार्यालयमा बसि ५ जना सदस्य मनोनयन गरेको हो ।
विभाग प्रमुख श्यामकृष्ण घिमिरेको अध्यक्षता बसेको बैठकले प्रेम लुइटेल, उमाकान्त भट्टराई, मोहनसिंह थेवे, बालकृष्ण रेग्मि र विपिन पोखरेललाई सदस्यमा मनोनित गरेको विभागका उप–प्रमुख गञ्जु प्रधानले बताए ।
विभागले पूर्णता पाएसँगै कार्ययोजना निर्माण गरि कार्यान्वयनमा विभागले निर्णय गरेको उप–प्रमुख प्रधानले बताए । बैठकले आगामि भाद्र २७ र २८ गते इलममा हुने पार्टी प्रशिक्षणलाई सफल बनाउन सहयोग गर्ने, चुनावी घोषणापत्रमा गरिएका बाचाहरु पुरा गर्न वैज्ञानिक र प्राविधिक शिक्षा बारे शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ ।