Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेकपा सूर्योदय कमिटीले बनायो कार्यालय टिम र सचिवालय गठन

नेकपा सूर्योदय कमिटीले बनायो कार्यालय टिम र सचिवालय गठन

  • सन्देस सम्बाददाता
  • शनिबार, भाद्र ७ २०७६


नेकपा सूर्योदय कमिटीले बनायो कार्यालय टिम र सचिवालय गठन

सूर्योदय । नेपाल कम्युनिष्ट पार्टी सूर्योदय नगर कमिटीको बैठकले पार्टी संचालनका लागि कार्यालय टिम र सचिवालय गठन गरेको छ । सनिवार बसेको नगर समितिको बैठकले पार्टी अध्यक्ष सोनाम छिरिङ लामा, घनश्याम पौडेल, हेमराज आचार्य, नेत्र पोख्रेल र विष्णु थापा रहेको कार्यलय संचालन कमीटी निर्माण गरेको हो ।


यस्तै ३३ सदस्य सचिवालय निर्माण गरेको छ । सचिवालय सदस्यमा दिपेश राई, होम कार्की, शरण राई, कमला प्रधान, शिवकुमार बस्नेत, सुभास कुमार राई, देवेन्द्र सर्मा, पेमाउगेन लामा, टेकबहादूर राई, नेत्र पोखरेल, हेमराज अर्याल सदस्य रहेका छन् । यस्तै डोरप्रसाद ढुङ्गाना, भुपेन्द्र कार्की, खगेन्द्र बास्तोला, राधा कटुवाल, अभिषेक पौडेल, बिष्णु थापा, वेलकुमार खड्का, पुष्पलाल आचार्य, धनराज राई, पदमबहादूर तामाङ, बिर बहादूर राई, चन्द्र सापकोटा, ठाकुर गड्तौला, हिमान तामाङ रहेका छन् ।


पार्टी अध्यक्ष सोनाम छिरिङ लामाको अध्यक्षतामा भएको बैठकमा सूर्योदय नगरपालिकाकाको १४ वटै वडाका अध्यक्षहरुले वडाको राजनीतिक र विकास निर्माणको गतिविधिका बारेमा जानकारी गराएका थिए । पार्टी सचिव घनश्याम पौडेलले संचालन गरेको बैठकमा जिल्ला सदस्य नरेश तामाङले जिल्ला कमिटीले निर्णयाको सर्कुलर वाचन गरेका थिए भने जिल्ला सचिवालय सदस्य रणबहादुर राइको प्रमुख आथित्यतामा सम्पन्न भएको भियो । बैठकमा जिल्ला कमिटी सदस्य चित्रकला बराईली, सचिवालय सदस्य विवेक राइले पार्टीले स्थानीय स्तरमा प्रशिक्षणका कार्यक्रम लानुपर्नेमा जोड दिनुभयो ।
परिवर्तनका लागि लड्नेहरुको भवनामाथि खेलवाड नहोस् काजिमान कागते


बैकठलाई सम्बोधन गर्दै प्रदेश सासंद तथा नेकपाका नेता काजिमान कागतेले परिवर्तनका लागि लड्ने योद्धाहरुको भावना अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । अहिलेको अवस्थासम्म ल्याउन धेरै जनाले रगत बगाएछन्, धेरैको सिउँदो पुछिएको र अझै गोलिको छर्रा लिएर बसेकाले उनीहरुको भवनाअनुसार काम गर्नुपर्नेमा सासंद कागतेको भनाइ थियो ।


दुई पार्टी एकता भएर स्थानीय तहदेखि संघीय सरकारसम्म आफ्नो पार्टीको रहेकाले सबै कार्यकर्ता एक भएर विकास निर्माणमा जुट्नुपर्नेमा वहाँको जोड थियो । पार्टीभित्रको गुनासोहरुको व्यवस्थापनका लागि नगर कमिटीले छलफल गरेर टुङ्याउनुपर्ने सासंद कागतेको भनाइ थियो । सासंद कागते इलाम क्षेत्र नम्बर एकको ख क्षेत्रका प्रदेश सभाबाट निर्वाचत भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार