Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सस्कृति र धर्मको सकारामत्मक शिक्षाले समाज बलियो : सासंद काजिमाने कागते

सस्कृति र धर्मको सकारामत्मक शिक्षाले समाज बलियो : सासंद काजिमाने कागते

  • सन्देस सम्बाददाता
  • शनिबार, भाद्र ७ २०७६


सस्कृति र धर्मको सकारामत्मक शिक्षाले समाज बलियो : सासंद काजिमाने कागते

सूर्योदय । प्रदेश सासंद काजिमान कागतेले फरक–फरक जातिको सकारात्मक शिक्षाले नेपाली समाज बलियो भएको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिका १० को आरुबोटे स्थित श्रीकृष्ण प्रणामि मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा बोन्दै वहाँले नेपालको धर्म र सस्कृतिमा बिदेशी पर्यटक पनि आकर्षिक भएको बताउनुभयो ।


धर्म र सस्कृतिले सत्य बोल्ने, साँचो काम गर्ने र असल काम गर्ने शिक्षा दिने भएकाले समाजमा देखापर्ने नराम्रा कुराहरुलाई पनि सच्याएर राम्रो समाज बनाउन सहयोग गर्ने सासंद कागतेको भनाइ थियो ।

एक जातिले अर्को जातिको धर्म संस्कृति स्वीकारेर सुन्दर समाज बनाउन नेपाली एक भएकाले राज्यले फरक÷फरक जातिको संस्कृति संरक्षणमा सहयोग गर्नुपर्ने र आफ्नो तर्फबाट प्रदेश सरकारमा कुरा उठाउने सासंद कागतेले बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र भित्र नपर्ने भएपनि आफुले मन्दिरको हरेक कार्यक्रममा सहयोग गर्ने सांसद कागतेले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामको उप–प्रमुख चित्रकला बराइलीले फरक फरक जातिको संस्कृतिले हाम्रो देशको गहनाको रुपमा रहेकाले यसलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

धेरै जातजातिको बसोबास गर्ने नेपालीले मनाउने संस्कृति र धर्म विदेशि नागरिकका लागि पनि अध्ययनको बिषय बन्दै गरेको बराइलिको भनाइ थियो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पारेर मन्दिरमा साउन ३२ गतेदेखि कथा प्रवचनको काम शुक्रबार समापन गरिएको मन्दिर मुल समितिका अध्यक्ष राजकुमार कट्टेलले बताउनुभयो ।


२०४२ सालमा स्थापना भएको मन्दिरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा कथा प्रवचन र धार्मिक कार्यक्रम हुँदै आएको छ ।

यस वर्षको कथा प्रवचन र धार्मिक कार्यक्रम संचालनका लागि प्रेम कट्टेलको अध्यक्ष, बालकुमार भण्डारी सचिव र गोमा कट्टेल कोषाध्यक्ष रहेको आयोजक समिति गठन गरिएको थियो ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा रञ्जन माहाराज र माला प्रणामिले कथा प्रवचन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार