Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर गाउँपालिकामा विभाग र वडा इञ्चार्ज तोक्दै नेकपाको बैठक सकियो

सन्दकपुर गाउँपालिकामा विभाग र वडा इञ्चार्ज तोक्दै नेकपाको बैठक सकियो

  • सन्देस सम्बाददाता
  • बिहिबार, भाद्र ५ २०७६


सन्दकपुर गाउँपालिकामा विभाग र वडा इञ्चार्ज तोक्दै नेकपाको बैठक सकियो

सन्दकपुर । सन्दकपुर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सन्दकपुर पालिका कमिटीको बैठकले ११ वटा विभाग र वडा इञ्चार्जको जिम्मेवारी प्रदान गरेको छ । गाउँकमिटीका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता तथा प्रदेश नम्बर १ का सदस्य तथा जिल्ला कमिटी इलामका सचिव सोम माया राईको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो ।

प्रदेश कमिटी सदस्य वर्तमान गुरुङको विशेष आतिथ्यता, जिल्ला कार्यालय सदस्य विजय खम्बु, सचिवालय सदस्य तथा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादूर राई, सचिवालय सदस्यहरु याम बहादूर राई,भोज प्रसाद खतिवडाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
प्रथम बैठकले ५ सदस्य कार्यालय,२१ सदस्यीय सचिवालय, ११ वटा विभाग र ५ वटै वडामा इन्चार्जको जिम्मेवारी प्रधान प्रदान गरेको गाउँपालिका सचिवालय सदस्य दिनेश ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार