काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाको राजनीतिक प्रतिवेदनको प्रेशमा छपाई नसकि त्यहाँ भित्रका अंस सार्वजीक भएका छन् ।
छपाईका लागि प्रेसमा गएको राजनीतिक प्रतिवेदनमा राजनीतिक प्रतिवेदनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भ्रष्टहरुको संरक्षण गरेको उल्लेख छ ।
नेपाली काङ्ग्रेस
नेपाली काङ्ग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । यद्यपि, यसले लोकतान्त्रीकरणको प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काङ्ग्रेसले नै गरेको छ । त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवम् अन्योन्यास्रित सम्बन्ध छ । यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्दछ । उसको यही आर्थिक नीतिकै कारणबाट काङ्ग्रेस नेतृत्वको लामो अवधिमा पनि देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन ।
नेपाली काङ्ग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोँगमा परिणत भएको छ । नेपाली काङ्ग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिनसकेको छैन । उसको नेतृत्वमा सरकार हुँदा कैयौँपटक राष्ट्रिय हितविपरीत सन्धि– सम्झौता र राष्ट्रियतामाथि आघात पु¥याउने निर्णय भएका छन् ।
२००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरूमा यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ । राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति नै बन्न पुगेको छ ।
नेपालको लोकतान्त्रिक सङ्घर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको छैन । सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ । नेपालको लोकतान्त्रिक सङ्घर्षको पुरानो पार्टी भएर पनि यो लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन सकेको छैन ।
सरकारमा रहँदा यसले पटक–पटक अलोकतान्त्रिक निर्णय र काम गर्ने गरेको छ । भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, यसले कैयौँ सन्दर्भमा भ्रष्टहरूको संरक्षणसमेत गरेको छ । विगतमा हामीले सामन्तवादविरुद्धको सङ्घर्षमा पटक–पटक नेपाली काङ्गे्रससँग सहकार्य गरेका छौँ र भविष्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा र समृद्धिको सवालमा जति हदसम्म ऊ तयार रहन्छ, त्यति हदसम्म सहकार्य गर्ने नीति लिइनेछ । तर, वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली काङ्ग्रेस नै हो ।
राजपा नेपाल : सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्सा
नेपाल कम्युनिष्ट पार्टी नेकपाको राजनीतिक प्रतिवेदनमा समाजवादी पार्टीसंग सहकार्य गर्न सकिने कुरा उल्लेख गरिएको छ । तराई मधेशमा सक्रिय दुई राजनीतिक दलका विषयमा नेकपाको प्रतिवेदनमा फरक फरक विश्लेषण गरिएको छ । समाजवादी पार्टीलाई सहकार्य गर्न सकिने पार्टीका रुपमा लेखिएको छ भने राजपा नेपाललाई सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा चित्रण गरिएको छ ।
पछिल्लो समयमा यसमा मुख्यतः दुई समूह देखा परेका छन्, सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल । कतिपय सवालमा यी दुवै पार्टीको नीति समान देखिए पनि यी दुईमा कतिपय प्रश्नमा भिन्नता छन् । कतिपय बेला ढुलमुल देखिए पनि सङ्घीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढङ्गले उभिने गरेको छ । यसले समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रूपमा आत्मसात गरेको छ । जातीय, भाषिक र सङ्घीयताको सन्दर्भमा यसको सोच र नीतिमा केही सङ्कीर्णता र अतिवाद प्रकट हुने गरेका छन् । यसका त्यस्तो सोच, नीति र कमजोर पक्षको आलोचना गर्दै यससँग सहकार्य गर्न सकिन्छ ।
राजपा नेपाल जातीय, भाषिक र सङ्घीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ । यसले मजदुर किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन, बरु तिनका विरुद्धमा उभिने गर्दछ । राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ । कतिपय बेला यसका विभिन्न नेताहरूबाट बाह्य शक्तिको हित गर्ने र विखण्डनकारी विचार पनि प्रकट हुने गरेका छन् ।
मूलतः यसले तराई–मधेशका बचे–खुचेको सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ । संविधानको कार्यान्वयन एवम् देश तथा जनताको हितको विषयमा यसले जति हदसम्म आफूलाई प्रस्तुत गर्दछ, त्यति हदसम्म यससँग सहकार्य हुनसक्छ । सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल दुवैलाई राष्ट्रिय राजनीतिको मूलधारमा रहन प्रोत्साहित गर्नुपर्दछ ।
विप्लव समूह उग्रवामपन्थी प्रवृत्तिको
नेपाल कम्युनिष्ट पार्टी नेकपाको राजनीतिक प्रतिवेदनमा साना वामपन्थी शक्तिलाई फरक तरिकाले व्याख्या गरिएको छ । साना वामपन्थी शक्तिसंग सैद्धान्तिक र वैचारिक संघर्ष गर्ने नीति रहेको स्पष्ट पारिएको छ ।
त्यस्तै अहिले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई भने उग्रवामपन्थी प्रवृत्ति भएको र परिवर्तनलाई कमजोर पार्न सक्रिय रहेको उल्लेख छ ।
नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरू पनि राजनीतिमा क्रियाशील छन् । उनीहरूका जडसूत्रीय, सङ्कीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्दछ । उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ ।
तर, उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्ने हाम्रो नीति स्पष्ट छ । त्यस्तै नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ । नेपाली जनताको बलिदान र सङ्घर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र सङ्घर्षलाई तत्कालीन कार्यसूची बनाउने वकालत गरिरहेको छ ।
यो नेपालको आजको आवश्यकता र परि स्थितिसँग पटक्कै मेल नखाने काम हो । यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल पु¥याउने कार्य गर्दछ । यसको मनोगतवादी एवम् उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्दछ ।
नागरिक खबरबाट