इलाम । नेकपा एमाले इलामले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपत पुनर निर्माण प्राधिकरणको शाखा इलाममा स्थापना गर्नु पर्ने माग गरेको हो । पुनर निर्माणका लागि प्रदेश स्तरमा मुख्यमन्त्री मातहत रहने गरी पुनर्निर्माण बोर्ड गठन गर्नु पर्ने, पनुनिर्माणका लागि एकमुस्ट पालिकाहरूमा रकम उपलब्ध गराइनु पर्ने माग अघि सारेको छ ।
क्षति भएका घर निर्माण गर्न जग्गा खरिदको रकम र घर निर्माणको प्रक्रिया अगाडी बढाइनुपर्ने जोखिम रहेका घर तथा बस्तीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने माग अघि सारिएको छ । २५ बुँदे ज्ञापन पत्रमा प्रकोपबाट मृत्यु भएका परिवारका लागि तत्काल रोजगारीको व्यवस्था गरिनु पर्ने, प्रकोप प्रभावित व्यवसायीलाई क्षतिको आधारमा न्यूनतम ब्याजदरमा रिण उपलब्ध गराइनुपर्ने लगायत समेटिएको छ ।
ज्ञापन पत्रमा नेकपा एमाले इलामका सचिव रवीन्द्र सुवेदी र अध्यक्ष गणेश बरालले हस्ताक्षर गरेका छन् । सो ज्ञापन पत्र आज नै इलामकी प्रमुख जिल्ला अधिकार सुनिता नेपाललाई बुझाइएको हो । प्राप्त पत्र सम्वन्धित ठाउँमा प्रमुख जिल्ला अधिकारी नेपाललाई उद्धृत गर्दै एमाले इलामका सचिव रवीन्द्र सुवेदीले बताए ।
थप तस्बिरहरु :
