काठमाडौँ । निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिने दलको संख्या १७ पुगेको छ र सबै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ।
दर्ता भएका दलको संख्या १२४ रहेको छ र नयाँ दल दर्ता भए संख्या अझ बढ्नेछ। जनमत पार्टी र नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दलहरू दर्ता भएका छन् र केही दलको चुनाव चिन्ह फेर्न आयोगले आग्रह गरेको छ।
३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १७ पुगेको छ । आयोगका अनुसार १७ वटै दल दर्ताको प्रक्रियामा रहेका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि दश वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १७ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।
सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ । निवेदन दिएका सबै दल दर्ता भए दलको संख्या अझ बढ्नेछ ।
यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।
दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका छन् ।
कुनै दलले प्रस्ताव गरेको चुनाव चिन्ह फेर्न आयोगले भनेको छ ।
राष्ट्रिय जेनजी पार्टी नेपालले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ । आयोगले यो चुनाव चिन्ह फेर्न आग्रह गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टी दल दर्ताको प्रक्रियामा छ । यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको छ ।
नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ ।
यसअगाडि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।
श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् । गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेका छन् ।
सबै दलको विवरण हर्ने काम भइराखेको आयोगले जनाएको छ ।
जेनजीसहित आयोगमा दल दर्ताका लागि थप ३ निवेदन
नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा अहिले निवेदन दिनेहरू बढिरहेका छन्। आइतबारमात्रै दल दर्ताका लागि ३ वटा निवेदन परेका छन्। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय जेनजी पार्टी, नेपाल लिबरल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी दर्ताका लागि निवेदन परेको हो।
जेनजी पार्टीमा हिराप्रसाद सेती अध्यक्ष रहने गरी निवेदन आएको आयोगले जनाएको छ। उक्क पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। नेपाल लिबरल पार्टीमा गोपीलाल न्यौपानेको नेतृत्व रहने गरी निवेदन परेको छ। यो पार्टीले चुनाव चिह्न भने सिक्का राख्ने प्रस्ताव गरेको छ।
त्यस्तै अजयकुमार राईको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी पनि दर्ताका लागि निवेदन दिइएको छ।राई नेतृत्वको पार्टीले चुनाव चिह्न भने बाँसुरी प्रस्ताव गरेको छ। आयोगमा असोज ९ गते नेपाल नागरिक पार्टी दर्ताको निवेदन परेको थियो। अधिवक्ता सुरेन्द्र भण्डारी नेतृत्वको पार्टीले चुनाव चिह्न ‘जेनजीको जुत्ता’ माग गरेको छ।
त्यस्तै दिनेश प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी दर्ताको निवेदन परेको छ। जेनजी आन्दोलन अघि नै ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा ‘बलेको चिम’ चिह्न माग गर्दै उज्यालो नेपाल पार्टी दर्ताको निवेदन परेको थियो।