काठमाडौँ । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा माओवादीले नेतृत्व गरेका पालिका प्रथम र दोस्रो भएका छन् । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन लिजामा २०८० र ८१ मा माओवादी केन्द्र नेतृत्वका पालिकाहरु बेनीघाट रोराङ गाउँपालिका धादिङ र रुरुक्षेत्र गाउँपालिका गुल्मी दोस्रो भएका हुन् ।
बेनीघाट रोराङ गाउँपालिका धादिङले ९१ दशमलव ७५ अङ्कसहित प्रथम र रुरुक्षेत्र गाउँपालिका गुल्मी ९० अङ्कसहित द्वितीय भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ बमोजिम विभिन्न १० वटा क्षेत्रको १०० वटा सूचक हरुमा प्रथम र दोस्रो भएका हुन् । माओवादी केन्द्रले नेतृत्व गरेका पालिकाहरु प्रथम र दोस्रो भएकोमा अध्यक्ष प्रचण्डले खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्–जनमुखी शासन र पारदर्शी सेवामा अग्रसर माओवादी केन्द्रका जनप्रतिनिधिहरूलाई बधाई दिन चाहन्छु।