Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

अनुदान सहयोगमा चुलाचुलीका किसानलाई मोटरपम्प बितरण

अनुदान सहयोगमा चुलाचुलीका किसानलाई मोटरपम्प बितरण

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २५ २०८२


अनुदान सहयोगमा चुलाचुलीका किसानलाई मोटरपम्प बितरण

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले पालिका भित्र रहेका बिभिन्न वडाका ६० जना कृषकहरु लाई ५० प्रतिशत अनुदान सहयोग मा कृषि सिँचाइ मोटर बितरण गरेको छ ।गाउँपालिका कृषि विकास शाखा अन्तरगत चालु आर्थिक बर्षको कृषि उपकरण खरिद अन्तरगत स्विकृत १७ लाख बजेटबाट चुलाचुली गाउँपालिका ६ वटै वडाका ६० जना कृषकहरुलाई बिभिन्न क्षमताका पानी तान्ने मोटर पम्प उपलब्ध गराइएको हो ।

मोटर बितरण गर्नुको उद्धेश्य र आवश्यकताका आधारमा बोल्दै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले किसानहरुको आवश्यकताका आधारमा मोटर बितरण गरिएको बताए । उनका अनुसार चुलाचुली गाउँपालिकाका बिभिन्न क्षेत्रमा सिचाइका लागी नहरहरु समेत सन्चालनमा रहेका र ति नहरबाट बन्चित किसानहरुका लागी सिचाइमा सहयोग पुर्याउने उद्धेश्य ले मोटर पम्प बितरण गरिएको बताए ।

चुलाचुली गाउँपालिकामा कमल खोला, चाजु खोला, रतुवा खोला तथा नुनसारी खोला बाट सिचाइका नहरहरु सन्चालन मा रहेता पनि गाउपालिकाको धेरै क्षेत्रमा सिचाइको अभाब रहेको छ । धान रोप्ने समयमा आकासे बर्षात नभएका कारण बैकल्पिक सिचाको श्रोत नहुँदा धेरै जमिन अझै बाझैं रहेको अवस्थामा गाउँपालिका मार्फत अनुदानमा बितरण गरिएका मोटर पम्प हरुले केहि किसानहरु लाई भने राहत पुगेको देखिन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार