Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

चलचित्र पत्रकार संघकाे स्थापना दिवस इलाममा मनाइयाे

चलचित्र पत्रकार संघकाे स्थापना दिवस इलाममा मनाइयाे

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ८ २०८२


चलचित्र पत्रकार संघकाे स्थापना दिवस इलाममा मनाइयाे

श्रीअन्तु । चलचित्र  पत्रकार संघ नेपालले २६ ओै स्थापना दिवस इलाममा मनाएकाे छ । चलचित्र मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ इलामको श्रीअन्तुमा चलचित्र पत्रकारहरुको स्थापना दिवस सूर्याेदय नगरपालिका-५ श्रीअन्तुमा मनाएकाे हाे । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको संयोजन एवं चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ र सुनसरी शाखाको ब्यबस्थापनमा सुरु भएको हो ।

कार्यक्रममा ७ जना चलचित्र पत्रकारलाई बिभिन्न पुरस्कारले पुरस्कृत गरिएको थियो । जसअन्तर्गत पत्रकार ध्रुब लम्साललाई राष्ट्रिय चलिचित्र पत्रकारिता रजत सम्मान–२०८२, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२, नरेन्द्र बस्नेत (कोशी) लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२, जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८२ र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको थियो ।

रजत सम्मान प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५५ हजार ५ सय ५५, पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५१ हजार रुपैयाँ छ । त्यस्तै पत्रकार रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२ र तुलसी प्रसाद निरौला (कोशी) लाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ ।

प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रहेको छ । सम्मानित र पुरस्कृतलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, अभिनेत्री गौरी मल्ललगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा कलाकार र चलचित्र पत्रकारिता बिषयमा बहस भएको थियो । कार्यक्रमकाे अवसरमा आज मिडिया मन्थन कार्यक्रम सम्पन्न भएकाे छ । चलचित्र पत्रकार संघ केन्द्रीय अध्यक्ष समीर बलामीले सहजीकरण गरेकाे कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर केन्द्रीय अध्यक्ष कमल गिरी, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सचिव ध्रुव लम्साल र चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष विदुर गिरी वक्ताकाे रूपमा रहेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार