Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन बोर्डमा सेलरोटी प्रतियोगिता

पर्यटन बोर्डमा सेलरोटी प्रतियोगिता

  • सन्देश सम्बाददाता
  • आइतबार, कार्तिक १८ २०८१


पर्यटन बोर्डमा सेलरोटी प्रतियोगिता

काठमाडौं । तिहारको अवसर पारेर काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सेलरोटी पकाउने प्रतियोगिता गरिएको छ । ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटन बोर्ड, पर्यटन पत्रकार संघ ९जाट–नेपाल०, सेफ एसोसिएसन अफ नेपाल, महिला उद्यमी संघ, ऊनी वस्तु विकास संघलगायतको आयोजना सेलरोटप् पकाउने प्रतियोगिता गरिएको हो । मौलिक खाना सेलरोटीको जगेर्नामार्फत पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता गरेको पर्यटन पत्रकार संघ जाट–नेपालका अध्यक्ष देवीप्रसाद पन्तले बताए । प्रतियोगिताकी संयोजक सावित्री ढुंगानाले यो प्रतियोगितामार्फत नेपाली महिलाको मौलिक सीप उजागर भएको बताइन् ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न १३ समूहका २६ महिला सहभागी थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारस्वरुप चामल दिइएको थियो । प्रतियोगिताको निर्णायकमा सेफ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं सेफ एसोसिएसन फाउण्डेसनका सञ्चालक श्याम लामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसिएसन अफ नेपालका महासचिव पदम आलेमगर रहेका थिए । उनीहरुले सेलरोटी बनाउँदा ध्यान दिनुपर्ने कुरा र मिश्रण गर्न सकिने सामग्रीबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार