Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी यो सरकार ढालेर जनतालाई हैरान पार्ने पक्षमा छैन : प्रचण्ड

माओवादी यो सरकार ढालेर जनतालाई हैरान पार्ने पक्षमा छैन : प्रचण्ड

  • सन्देश सम्बाददाता
  • मंगलबार, कार्तिक १३ २०८१


माओवादी यो सरकार ढालेर जनतालाई हैरान पार्ने पक्षमा छैन  : प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । उनले सरकार ढाल्नतर्फ लाग्दा फेरि जनतामा हैरानी हुने उल्लेख गरे । अध्यक्ष प्रचण्डाले मंगलबार न्युज एजेन्सी नेपालसँग सरकारको सय दिन असफल रहेको उल्लेख गरे । फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु की सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छु अध्यक्ष प्रचण्डले भने ।

उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरे । ‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्नेकुरा त मैले शुरुमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसावले, प्रक्रियाको हिसावले, समयको हिसावले, ठाउँको हिसाबले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु की सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस्ु अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार