Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

  • सन्देश सम्बाददाता
  • बिहिबार, कार्तिक ८ २०८१


रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित गराइएको थियो । रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । शहीद चोक क्षेत्र निषेधित क्षेत्र कायमै छ भने हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाक्लो प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार