Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीबाट नै राज्य दोहन र लुटमा संलग्नहरुलाइ नाङ्गो संरक्षण : माओवादी नेता मौसम

प्रधानमन्त्रीबाट नै राज्य दोहन र लुटमा संलग्नहरुलाइ नाङ्गो संरक्षण : माओवादी नेता मौसम

  • सन्देश सम्बाददाता
  • सोमबार, असोज २८ २०८१


प्रधानमन्त्रीबाट नै राज्य दोहन र लुटमा संलग्नहरुलाइ नाङ्गो संरक्षण : माओवादी नेता मौसम

विराटनगर । प्रधानमन्त्रीबाट नै राज्य दोहन र लुटमा संलग्नहरुलाइ नाङ्गो संरक्षणमा लागेको नेकपा माओवादी केन्द्रका नेता इन्द्र बहादूर आङ्बो मौसमले आरोप लगाएका छन् । संविधान र कानुनको रक्षा गर्ने सबैभन्दा मुख्य जिम्मेवारी प्रधानमन्त्रीको भएपनि बहुचर्चित ललिता निवास घोटाला काण्डमा मुख्य आरोपी मिन बहादूर गुरुङ्गबाट जंग्गा दान लिएर पार्टी कार्यालय बनाउने जिम्मा लिनु गलत भएको नेता मौसमको आरोप छ ।

ललिता निवास घोटाला काण्डमा मुख्य आरोपीको रुपमा सरकारद्वारा पक्राउ गरि मुद्दा चलाइएको र अदालतबाट २ करोड ४६ लाख धरौटीमा जेलबाट छुटेका हुन् ब्यवसायी मिनबहादुर गुरुङ। उनको जग्गा किर्ते मुद्दा अदालतमा बिचाराधिन अवस्थामा छ साथै ठूलो राजश्व छलिमा उनको अर्को मुद्दा पनि बिचाराधिन नै रहेको अवस्थामा नेकपा एमालेले आफ्नो पार्टी कार्यालय बनाउन जग्गा निःशुल्क लिनु र उनैको लगानीमा निर्माण गरिनुले देशमा शुसासन कायम गर्न सरकार नै असफल भएको प्रष्ट देखिएको बताए । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका नेता मौसमले ठुला काण्डहरुमा आरोपित अझ सरकारद्वारा नै मुद्दा चलाइएको उनै ब्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गामा आफ्नो पार्टी कार्यलय बनाउन गुरुङ दम्पती संगै प्रधानमन्त्रीले कुम जोडेर सिलन्यासले सरकारको शुुसासनको नारा भाषणमा सिमित भएको बताए ।
अझ नेकपा एमालेको पार्टी कार्यलय भवन पनि गुरुङले नै बनाएर जिम्मा दिनुले अझ प्रष्ट भएको बताए । कानुनको रक्षा गर्ने प्रमुख दायित्व रहेको देशको प्रधानमन्त्रीबाट नै राज्य दोहन र लुटमा संलग्नहरुलाइ नाङ्गो संरक्षण सर्वथा गलत मात्र होइन राज्य दोहन गर्ने बिचौलियाबाट दान लिनु गम्भीर अपराध र भ्रष्टाचार नै हो भन्ने मौसमले भनेका छन् । उनले भने–फेरि पनि बुझौं आखिर सरकार कसले, किन बनाएको र कसले चलाएको रहेछ प्रष्ट भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार