इलाम । कंचनजंघा पदयात्रा गर्न आएका बिदेशी पर्यटकहरुले पदयात्राका क्रममा दशै मनाएका छन् । इलामको पर्यटकीय क्षेत्र सन्दकपुरबाट पदयात्रा उनीहरुले गरेका थिए । इलामको सन्दकपुर पाँचथरको फालोट हुँदै उनीहरु अहिले कंचनजङ्घा बेसक्याम्पसम्मको पदयात्रा गर्दै आएका छन् । तेस्रो मुलकका पर्यटकहरुलाई पदयात्रामा पर्यटन व्यवसायी आकाश श्रेष्ठले साथ दिइरहेका छन् । उनीहरुले पाँचथरको च्याङ्थापुको होमस्टेमा दशैँ मनाएका हुन् । च्याङ्थापुमा संचालनमा रहेको तिम्बुङ गेस्ट हाउसमा पर्यटकहरु बास बसेका थिए । पर्यटकहरु र पर्यटन व्यवसायीलाई होटल संचालक मोहन ढुगेंलले वडादशैँको टिका लगाइदिएका थिए । जर्मन नागरिक फ्लोरियन मार्टेन्स आफ्ना दुई छोराहरु जाकोब र लुकाससँग कंचनजंघासम्मको पदयात्रामा छन् । उनीहरु २४ दिनको पदयात्रामा छन् । उनीहरुले इलामको सन्दकपुर गाउँपालिकाबाट पदयात्रा शुरु गरेका थिए ।
होटल संचालकको परिवारले पर्यटकरुलाई राम्रो आथित्य सत्कारसँगै बडादशैँको टिका स्थानीयबासीले लगाइदिएका थिए । जर्मन नागरिकले आफ्ना छोराहरुलाई टिका लगाइदिएका थिए । टिका लगाएपछि पर्यटन व्यवसायी आकाश श्रेष्ठले संस्कृति र आतिथ्यको अद्भुत अनुभव रहेको सामाजिक संजालमा सेयर गरेका छन् । उनी लेख्छन् स् दशैँको टिका दिन अहिले गाइडहरू पहाडहरूमा कतै छन् र आफ्नो परिवारसँग घरमा छैनन्।
म र मेरा पाहुनाहरूले च्याङ्थापुका स्थानीय परिवारसँग दशैं मनाउने मौका पाएको ठाउँमा पुग्न पाउँदा भाग्यमानी थिएँ। तिनीहरूसँग संस्कृति र आतिथ्यको अद्भुत अनुभव थियो। म पक्कै पनि घरमा छुट्छु तर यो अनुभव गर्नको लागि अचम्मको कुरा हो ।
तस्बिरहरु : आकाश श्रेष्ठ