फिक्कल । इलामको सुर्योदय नगरपालिका ९ बाट माईजोगमाई गाउँपालिकाको नयाँबजारसम्म जोड्ने सडक क्षतिग्रस्त भएपछि प्रदेश सभा सदस्य तथा पूर्व प्रदेशमन्त्री खिनु लङ्वा लिम्बुको नेतृत्वमा क्षतिको अनुगमन गरिएको छ ।
कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री खिनु लङ्वा लिम्बु, प्रदेशसभा सदस्य खगेस्वरी पौडेल (बन्दना), सुर्योदय नगरपालिका प्रमुख रणबहादूर राई, पूर्वाधार विकास कार्यालय झापाका प्रमुख जितेन्द्र कुमार कणर् सहितको टोलीले फिक्कल नयाँबजार सडकको क्षतिको बारे स्थलगत अध्ययन गरेको हो । फिक्कल नयाँबजार सडकको सुर्योदय नगरपालिका ९ स्थित ढोडे क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि संचालन गर्ने बारे अध्ययन भएको हो । अनुगमन टोलीले एम्बुलेन्स र साना गाडीहरु संचालन गर्ने योजनाका साथ तत्कालका लागि ३ मिटर कटिङ गरि सडक संचालन गर्ने निणर्य गरेको थियो । अनुगमन टोलिको अनुगमनपछि हाललाई सडक कटिङ गरी एक तर्फी बाटो खुलेको छ ।
अनुगमनका क्रममा कोशी प्रदेश सभाका सदस्य पूर्व पर्यटन मन्त्री खिनु लुङवा लिम्बु, न्याय प्रशासन र विधायन समितिका सभापति प्रदेश सदस्य खगेश्वरी पौडेल अधिकारी, सूर्योदय नगरपालिका नगर प्रमुख रण बहादुर राई , कोशी प्रदेश पूर्वधार विकास कार्यालय झापाका प्रमुख जितेन्द्र देव कणर्, सूर्योदय ९ का वडाअध्यक्ष देवेन्द्र शर्मा, सरोकार पक्षले तत्कालका लागि एकतर्फि सडक संचालन गर्ने र चाडपर्वपछि पूणर्रुपमा संचालनका लागि मर्मत गर्नुपर्नेमा जोड दिएको थियो ।
थप तस्बिरहरु :


DCIM100GOPROGOPR8247.JPG

DCIM100GOPROGOPR8248.JPG

DCIM100GOPROGOPR8249.JPG

DCIM100GOPROGOPR8253.JPG

DCIM100GOPROGOPR8254.JPG

DCIM100GOPROGOPR8255.JPG

DCIM100GOPROGOPR8265.JPG

DCIM100GOPROGOPR8266.JPG

DCIM100GOPROGOPR8267.JPG

DCIM100GOPROGOPR8268.JPG

DCIM100GOPROGOPR8270.JPG

DCIM100GOPROGOPR8272.JPG

DCIM100GOPROGOPR8273.JPG

DCIM100GOPROGOPR8277.JPG

DCIM100GOPROGOPR8283.JPG

DCIM100GOPROGOPR8284.JPG

DCIM100GOPROGOPR8291.JPG

DCIM100GOPROGOPR8292.JPG

DCIM100GOPROGOPR8293.JPG

DCIM100GOPROGOPR8294.JPG