Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रैथाने बाजा संरक्षणमा फाकफोकथुमका युवाहरू जुटे(तस्बिरहरु)

रैथाने बाजा संरक्षणमा फाकफोकथुमका युवाहरू जुटे(तस्बिरहरु)

  • लिला बहादुर लिम्बु
  • बुधबार, फाल्गुन २ २०८०


रैथाने बाजा संरक्षणमा फाकफोकथुमका युवाहरू जुटे(तस्बिरहरु)

फाकफोकथुम । पराम्परागत मौलिक रैथाने बाजागाजा कला संस्कृति जगेर्ना गर्न फाकफोकथुम फुएतप्पाका तिन क्लवहरू सक्रिय हुन थालेका छन। थोकफेला ,फुङ्वा युवा र छेलो हान्ने क्लवका युवाहरू आफ्नो मौलिकताका आधारित रैथाने बाजा च्याब्रुङ रैथाने याक्थुङ लिम्बुहरूको जातिय नाच धान नाच साथै हाक्पारे पालाम संरक्षण गर्न लागेका हुन् । क्लब आधिकारिक रूपमा दर्ता गरी आफ्नै स्रोत साधन आर्थिक संकलन गरि रैथाने च्याब्रुङ बनाएर आफ्नै जातिय कला संस्कृति जगेर्ना गर्न च्याब्रुङ नाच ,धान नाच र हाक्पारे पालाम संरक्षण गर्न लागि परेका थोकफेला युवा क्लव तथा फुङ्वा युवा क्लवका सल्लाहकार चन्द्र बहादुर लिम्बुले बताए ।

डम्बर बहादुर लिम्बु र लोक बहादुर लिम्बु पनि जातिय बाजाहरू तथा जातिय रैथाने गित संगित संरक्षण गर्न लागिपरेका छन् । त्यसैगरी फुएतप्पा साविक ७ तालखर्क माथिलो टोल र ८ मा पनि नौमती बाजा संरक्षण गर्न छेलो हान्ने युवा समुह गठन गरि आफ्नै स्रोत साधन र आर्थिक संकलनमा लोप भइसकेका नौमती बाजा संरक्षण गर्न जुटिरहेको समुहका सदस्य धन बहादुर तामाङले बताए ।


बिभिन्न जातजाति मौलिकताका रैथाने कला संस्कृति बाजागाजा जातीय रैथाने गित संगित लोप भइसकेको अवस्थामा लिम्बु याक्थुङ समुदायहरूको रैथाने बाजा के च्याब्रुङ बचाई राख्नको लागि थोकफेला युवा क्लबद्वारा अहिले पाँच वटा च्याब्रुङ बाजा रहेको छ । फुङ्वा युवा क्लबमा छ वटा रहेको क्लवका सल्लाहकार चन्द्र बहादुर लिम्बुले बताए । लोपोन्मुख हुन्दै गरेको याक्थुङ लिम्बु समुदायहरूको रैथाने बाजा तथा जातीय रैथाने गित संगित संरक्षण गरि युवा पिडिहरूलाई मौलिकतामा आधारित कला संस्कृति बाजागाजा जातीय गित संगित प्रति आकर्षित गराउने उदेश्य रहेको र आफ्नो समुदायहरूको भोज भतेर , शुभ विवाह शुभ कार्जेमा अनिवार्य आफ्नै रैथाने बाजा बजाउने तथा जातीय रैथाने धाननाच हाक्पारे गित प्रति आकर्षण गराउन लागि परेको दिपक लिम्बुले बताए । साथै आधुनिक गित संगित तथा बाजागाजा निरुत्साहित गर्दै लान क्लवका सल्लाहकारहरु चन्द्र बहादुर लिम्बु, डम्बर बहादुर लिम्बु र लोक बहादुर लिम्बु लागि परेका छन् ।


अहिले थोकफेला युवा क्लबद्वारा जम्मा रैथाने बाजा के च्याब्रुङ आफ्नै स्रोत साधन आर्थिक संकलन गरि जम्मा पाँचवटा तयारी अवस्थामा संरक्षणमा रहेको छ भने फुङ्वा युवा क्लबमा छ वटा रहेको छ । ती रैथाने बाजा च्याब्रुङ० आफ्नो क्लबमा आववद्ध सदस्यहरूमा बजाउँदा प्रति च्याब्रुङ ५ सय र क्लब बाहिर च्याब्रुङ बजाउन लगिएमा दुरि अनुसार एक हजार देखि दुइ हजारको दरले लिने तथा नौमती बाजा पनि बजाउनु परेमा दुरी अनुसार १० हजार देखि २४ हजार सम्म लिने गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार