इलाम । सिसि क्यामरा बन्द नगरि नगर कार्यपालिकाको निर्वाचन गराइएको भन्दै इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसले विरोध गरेको छ । नगरपालिकाको सभाहलमा रहेको मतदानस्थलमा रहेको सिसि क्यामरा खुल्ला राखेर नै मतदान कार्य अघि बढाइएपछि कांग्रेसले पुनः मतदान हुनुपर्ने माग राखेको छ ।
कांग्रेसका कार्यकर्ताहरुले हालसम्म हालिएको मतपत्रलाई जलाएर पुनःमतदान हुनुपर्ने माग राखेका हुन् । मतदानस्थलमा नयाँ र पुरानो गरि ५ वटा सिसि क्यामरा रहेका थिए । अहिले मतदान प्रक्रिया रोकिएको छ । दलका प्रतिनिधिहरु छलफलमा बसेर हल निकाल्ने प्रयत्न गरिरहेका छन् । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नगरमा गठबन्धन तोड्दै नेकपा एसले एमालेसंग मिलेर कार्यपालिका चुनाव लडेको छ ।दुवै पार्टीले ४÷४ वटा पद बाडेका छन् ।
१४ वडा रहेको सूर्योदयमा नेपाली कांग्रेसका नगर उपप्रमुख सहित ३४ जना जनप्रतिनिधि छन् । नेकपा एसको नगर प्रमुख सहित २० जना र एमालेका १८ जना जनप्रतिनिधि रहेका छन् । गठबन्धन दल माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका थिए।
https://www.facebook.com/Localsandesh/videos/5084166421690460/