Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

माईजोगमाईमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

  • राेशन काफ्ले
  • बुधबार, जेष्ठ ४ २०७९


माईजोगमाईमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

नयाँबजार । स्थानीय तहको निर्वाचनका बिजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको छ । गाउँपालिकाको मतगणना सम्पन्न भए पश्चात् निर्वाचन कार्यालयले गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे र उपाध्यक्ष प्रविना राई लगायतलाई प्रमाण वितरण गरेको हो । निर्वाचित ३२ जनालाई आज निर्वाचन अधिकृत प्रेम कुमार काफ्ले तथा निर्वाचन सह अधिकृत भागवत प्रसाद रेग्मीले प्रमाणपत्र प्रदान गरेका छन ।

माईजोगमाई गाउँपालिका निर्वाचन अधिकृत काफ्लेले गाउँपालिका अध्यक्षले न्यायधिसबाट सपथ ग्रहण गरेपश्चात अध्यक्ष बाट अन्य पदाधिकारी सफत गराउने बताए । साथै १५ दिन कार्यपालिका सदस्य निर्वाचित गर्नु पर्ने प्रावधान रहेको माईजोगमाई गाउपालिका निर्वाचन सह अधिकृत तथा माईजोगमाई गाउपालिका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार