इलाम । इलामको देउमाई नगरपालिकाको नगर प्रमुख र उप प्रमुख दुबै पद नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सुर्य पोख्रेल ८६९५ मत र उप प्रमुखमा पबिमाया राई ८५६३ मतका साथ दोश्रो कार्यकालका लागि बिजयी भएका हुन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत दुवै जना बिजयी भएका थिए ।
गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका काग्रेसका होम दुलालले ७६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५७६५ मत पाएका छन् । दुलाल र राई यसअघि २०७४ मा नगर प्रमुखका लागि पोख्रेल संग पराजित बनेका थिए ।