Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

योग्य, सक्षम र जनताको प्यारो व्यक्ति नै अबको एमाले उम्मेदवार : महेश बस्नेत

योग्य, सक्षम र जनताको प्यारो व्यक्ति नै अबको एमाले उम्मेदवार : महेश बस्नेत

  • सुजन तिमसिना
  • बिहिबार, चैत्र १७ २०७८


योग्य, सक्षम र जनताको प्यारो व्यक्ति नै अबको एमाले उम्मेदवार : महेश बस्नेत

महेश बस्नेत नेकपा एमाले इलामका अध्यक्ष हुन् । नवौ जिल्ला अधिवेशनबाट सचिव पदमा विजयी भएका बस्नेत १० औ अधिवेशनमा भारी मतका साथ जिल्ला अध्यक्ष चुनिए । जनता माझ लोकप्रिय छवि बनाएका बस्नेत वर्तमान इलाम नगर प्रमुख समेत हुन् । चुनावको मिति नजिकिँदै नेकपा एमालेले समेत चुनाव लक्षित गतिविधिलाई प्राथमिकता दिएर कार्यक्रमहरु अघि बढाइरहेको छ । यसै सन्र्दभमा आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र नगर प्रमुखको रुपमा ५ बर्षे उपलब्धीमा लक्षित रहेर बस्नेतसंग लोकल सन्देशका प्रधान सम्पादक सुजन तिमसिनाले गरेको कुराकानीको सारसंक्षेप
आगामी स्थानीय तहको निर्वाचनको बारेमा नेकपा एमाले इलामको धारणा के छ ?
हामी चुनावलाई महत्वक साथ अघि बढाउने प्रयत्नमा छौ । आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो समयमा निर्वाचन भएन भने लोकतन्त्र जिवित रहन सक्दैन् भन्ने हामीले अनुभव गरेका छौ । मेरा व्यक्तिगत अनुभव के रहेको छ भने २०५४–५९ मा पनि इलाम नगरपालिकाको मेयर थिए । २०५९ असारमा हाम्रो म्याद समाप्त भयो । र हामीले हाम्रो उतराधिकारीहरुलाई हाम्रा ठाउँ जिम्मा लगाउन सकिएन्

नसकेको कारण आवधि निर्वाचन सम्पन्न भएन् १५ बर्षसम्म निर्वाचन नहुँदा नेपालको लोकतन्त्र खजमजियो र नागरिकका हक अधिकार, सुविधा निलम्वित अवस्थामा रहे । यस प्रकारका स्थिती नदोहोरियोस् भन्ने पक्षमा हामी छौ । निर्वाचन लोकतन्त्रको प्राण हो को व्यक्ती–पार्टीले जित्छ भन्ने दोश्रो दर्जाको कुरो हो लोकतन्त्रलाई सुदृढ गर्ने आम नागरिक प्रति उतरदायी बनाउने हो भने आवधिक निर्वाचन गनुपर्छ । यसका नेकपा एमाले आफ्नो पुर्ण शक्तिलाई केन्द्रित गरेर अघि बढिरहेको छ । हामी समयमा निर्वाचन हुनुपर्छ भन्ने मान्यताका साथ तयारी गरिरहेका छौ ।
इलामको हकमा ७ पालिकामा एमालेबाट बिजयी हुनुभएकोछ । २ पालिकामा समाजवादी तर्फ गएको छ । अहिले जति एमालेले जितेका तहमा घोषणापत्र अनुसार जनता सेवाको पहुँच पुगेको नपुगेको बारेमा कसरी लिनुहुन्छ ?
७ वटा पालिका भन्दा पनि बहुमत सहित नेतृत्व ७ वटा पालिकामा र बहुमत सहित उपप्रमुखको नेतृत्वमा २ पालिका र एउटा पालिका मात्र गुमाएको स्थिती हो विगतमा । २ जना साथीहरु उता लाग्नुभएको भन्ने आएको छ त्यसमाथि पनि सूर्योदय नगरपालिकामा हाम्रो बहुमत छैन् । माईजोगमाईमा अहिले पनि कार्यपालिकामा हाम्रो बहुमतको स्थिती छ । त्यसैले केही मान्छेहरु आन्दोलन छाडेर जाने निरन्तर प्रक्रिया पनि हो ।

यसले खासै असर गर्दैन् त्यसको भरपोषण हामी गर्नेछौ । पार्टीको घोषणापत्रको सवाल हामीले घोषणापत्रहरु हाम्रो भाषामा प्रतिवद्धतापत्रहरु तयार गर्दा खेरी गरिएका बाचा कबुलहरु धेरै हदसम्म पुरा गरिएको छ । समय सन्दर्भ र विचको असमान्य परिस्थितीबाट सोचे जति काम हुन् सकेन् । याद छ ३ बर्ष भन्दा बढि समय कोभिडसंग जुध्दा जुध्दै र त्यसलाई आम नागरिकहरुलाई बचाउने हाम्रो श्रोतसाधनहरु विकास भन्दा पनि राहत पुर्नस्थापना लगाउनुपर्ने कारणले पनि धेरै प्रभावित भएको छ ।

नयाँ व्यवस्था हो स्थानीय निकाय थियो तह थिएन् । र हामी संवैधानिक सरकारहरु विगतमा थिएन् यस पटक पहिलो पटक संवैधानिक सरकारको रुपमा स्थापित भएको कारण हामीले गर्नुपर्ने कामहरु अनुभव र श्रोतसाधनको कमीका कारणले पनि हुन सकेन् । हामी भन्दा जान्ने नभएको र आफैले सिकेर गर्नुपर्ने स्थिति भएको कारण कतिपयमा कमजोरी भएको हुन सक्छ ।

अन्य पालिकाको अवस्थामा हेर्ने हो भने राज्यले अहिलेसम्म टुङ्ग्याउन नसकेका जटिल बिषयबस्तुहरु पनि हाम्रा कामहरु प्रभावित भएका छन् । जस्तो कर्मचारी समायोजनको कुरो टुङ्गियो भनियो तर धेरै पालिकाहरुमा दुर्गम पालिकामा जनशक्ति पु¥याउन सकेको छैन् । प्रदेश सरकार मार्फत जनशक्ति पु¥याउने संवैधानिक व्यवस्था छ ।

तर प्रदेश सरकारको गठनपछि पनि लोकसेवा आयोग गठन हुन नसक्ने । लोक सेवा आयोगले जाँच लिएर कर्मचारी पठाउन नसक्ने छ । जनशक्ति नभएका कारण पनि कामहरु नभएको स्थिती छ । हामीले अहिले मुल्यांकन गर्दा वस्तुगत विश्लेषण गर्दा अहिलेको परिस्थिती सन्तोषजनक रहेको म जानकारी गराउन चाहन्छु ।
निर्वाचनको कार्यतालिक सार्वजनिक भइसकेपछि नेकपा एमालेले कस्ता मान्छेहरुलाई प्राथमिकता दिन्छ ?
केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ त्यसले केही मापदण्डहरु निर्धारण गरेको छ भन्ने हामीलाई अनौपचारिक जानकारी प्राप्त भएको छ । त्यस सन्दर्भमा पार्टीले निर्धारण गरेको मापदण्डहरु जो योग्य, सक्षम, सक्रिय र पार्टी प्रति प्रतिवद्ध हुनुहुन्छ र जित्नका लागि प्रतिवद्ध हुनुहुन्छ जनताको प्यारो हुनुहुन्छ । उहाँहरु नै पार्टीको उम्मेदवार चयन हुने स्थिती छ ।
अब पार्टीले उम्मेदवार छनौट गर्दै गर्दा माथि गठबन्धन नगर्ने भन्नेछ यहाँ पालिकामा गठबन्धनको कुरा के छ ?
त्यस बिषयमा केन्द्रिय कमिटीले अधिकार दियो भने सोच्न सक्छौ । हैन भने अहिले एकल ढंगले अघि जाने स्थिती छ ।
एकल ढंगले हिड्दा पार्टी विभाजनले कतिको असर पार्छ भन्ने आंकलन गर्नुभएको छ ?
फुटेको भन्दा पनि साथीहरु पलायन हुनुभएको छ यसले खासै असर पार्दैन् । एकाध वार्डहरुमा यसको असर देखिन्छ । समग्र आन्दोलन कोहि बेला अलि ठुलो हुन्छ कोहि बेला सानो पनि हुन सक्छ । यसलाई हामीले ठुलो रुपमा लिएका छैनौ ।
अबको चुनावमा जाँदा एमालेको पोजिसन कस्तो हुन्छ भन्ने आंकलन गर्नुभएको छ ?
सशक्त स्थिती स्थापित गर्छौ भन्ने हाम्रो छ ।
अहिले पार्टी अध्यक्ष भएको हिसाबले जनप्रतिनिधि र कार्यकर्ताहरु कसरी परिचालन गर्ने भन्ने छ ?
अब पार्टीले रणनिति बनाउँदै त्यसै अनुरुप सबै जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकसम्मलाई हामील परिचालन गर्छौ ।
पार्टीको अध्यक्षसंगै इलाम नगर प्रमुख समेत हुनुहुन्छ । आफ्नो कार्यकाललाई आफै मुल्यांकन गर्दा कसरी सम्झनुहुन्छ ?
स्मरणयोग्य समयको रुपमा सम्झन्छु ।
नगर प्रमुखको रुपमा तपाईको कार्यकाल ५ बर्षका अवधिमा गरिएका कामहरु के के महत्वपुर्ण मान्नुहुन्छ ?
त्यसलाई के हेनुपर्छ भने संविधानले पहिलो पटक स्थानीय सरकारको रुपमा स्थानीय पालिकाहरुलाई स्थापना गरेको छ । स्थानीय पालिकालाई सरकारको रुपमा संचालन गर्न संरचनागत कुराहरु भौतिक कुराहरु संविधानले प्रदत गरेका कुराहरु साझा अधिकारका १५ र एकल अधिकारका २२ अधिकारहरु कार्यान्वयन गर्न प्राप्त गरेका उल्लेख्यनिय सफलतालाई हामीले स्मरण गर्ने र स्थानीय सरकारको जगको रुपमा राखेका हुनाले स्मरण योग्य भन्छौ ।

यो अवधिमा २१५ भन्द बढि ऐन, नियम, कानुन, नियमावली, कार्यविधि बनायौ त्यस अन्र्तगतका संस्थाहरु गठन गरियो । संरचनागत हिसावले जनशक्तिहरुको आपुर्तिलाई व्यवस्थापन गरियो संगठनात्मक संरचनाहरु बनाइयो यो महत्वपुर्ण काम हो । अहिले तत्काल नै सबै उपलब्धीहरु बाहिरबाट देखिदैन् तर यो बेगर यसको आधार तयार हुँदैन र अघि बढ्न सक्दैन ।

संविधानिक कानुन र व्यवस्थालाई स्थापित गर्ने कुराहरुमा महत्वपुर्ण उपलब्धी हो । भौतिक श्रोतसाधनहरु र भौतिक निर्माणका क्रममा उल्लेख्य कामहरु भएका छन् । त्यसपछि सामाजिक क्षेत्रमा भएका कामहरु स्मरणयोग्य कामको रुपमा लिएका छौ ।
५ बर्षे प्रगतीलाई सम्झिदा इलाम नगरपालिकाले के के काम गरेको छ ?
नगरपालिकाले धेरै महत्वपुर्ण कार्यहरु भौतिक निर्माणको क्षेत्रमा गरेको छ । भवनकै सन्र्दभमा हेर्ने हो भने हिजो हामी यो भवन थिएन् यो प्रशासनिक भवन समेत नभएर भाडा बसेको नगरपालिकामा व्यवस्थित आधुनिक भवनको निर्माण गरेका छौ । १२ वटै वडामा भवन निर्माण गरिएको छ । स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । विद्यालय भवनहरु बनाइएको छ ।

विभिन्न सामुदायिक भबनहरु बनाइएको छ । कभर्डहल जस्ता धेरै महत्वपुर्ण काम गरिएको छ । पशु बिक्रीको भवन तयार गरिएको छ । व्यवसायीक भवनहरु निर्माण भएका छन् । ती संरचनाहरु भवनको क्षेत्रमा छन् ।
त्यसबाहेक यातायातका क्षेत्रमा सडक, बाटाघाटा, पुलपुलेसा लगायतका धेरै कामहरु सम्पन्न गरेका छौ । व्यवस्थित विकास भनेर हामीले आधारहरु तयार गरेका छौ । अहिले पनि यो क्रमलाई टुङ्गाउने र भोलीका दिनमा नगरपालिकालाई कता लग्ने भन्ने कुराहरुमा सोच र दृष्टिकोणलाई एकिकृत गरेका छौ । यहि सन्दर्भमा आवधिक योजना निर्माणको चरण अन्तिमा प्रवेश गरेको ।

यो नगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने भनेर त्यसलाई सुस्पष्ट दृष्टिकोण दिने काम गरेका छौ । हामीले हरेक गतिविधिहरु पर्यटकीय नगरको रुपमा विकास गर्नका निम्ति केन्द्रित गरेर प्रयत्नहरु अघि बढ्नेछन् ।
पर्यटकीय नगरी बनाउनका लागि संरचनाहरु के के बनिएका छन् ?
धेरै संरचनाहरु बनिएका छन् । र निरन्तर रुपमा अघि बढिरहेकै छ र आवश्कय अरु बन्ने छन् । यहाँलाई जानकारी छ पर्यटकीय नगर बनाउनका लागि यातायातको सुविधा, पर्यटकीय स्थल गन्तव्यहरुको निर्माणका कामहरु अघि सारेका छौ । त्यस्तै जानकारी गराउँ सन्दकपुर गाउँपालिकासँग एउटा सम्झौता गरेका छौ माईपोखरी सिमसार क्षेत्रलाई समेत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउनका निम्ति सम्झौता भएको छ, र त्यसको डिपिआर तयार भएको छ ।

त्यो कार्यान्वयको चरणमा जाँदा एउटा महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्छ । त्यसैगरी पाटेनागी क्षेत्रलाई इलामको र इलाम नगरपालिकाको विशिष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गरेका छौ । त्यसको अतिरिक्त दिदिबहिनी झर्ना, शिवालय मन्दिर, तीनतले झर्ना अथवा असले झर्ना, मुर्तिडाँडा, सन्दकपुर, सिद्धिथुम्काका क्षेत्रहरु इलामको चियाबारी, सेतीदेवीको क्षेत्र, भालुढुङ्गाका क्षेत्रहरु त्यसदेखी बाहेक सेतीदेवीमा पुलको निर्माण भइरहेको छ ।

करिब ३६८ मिटर लामो पुल बन्दैछ र अहिले बन्जीजम्पका लागि समेत उपयुक्त बन्नेछ । करिब २ सय मिटर अग्लो पुल बन्दैछ । यसरी पुर्वाधारहरुको निर्माण भइरहेको छ । हामीले पार्कहरुको निर्माण गरेका छौ । विभिन्न साना मसिना पार्कहरु इलाममा धेरै बनिएका छन् । इलामका सहर सौन्दरीकरणका लागि मुर्तिहरु निर्माण गर्ने, चोकहरु राख्ने काम गरेको छ । सहरको पर्यटकीय व्यवस्थालाई राम्रो बनाउनका निम्ति बहुतले पार्किङहरुको व्यवस्था गरिएको छ । यी कामहरु पर्यटकीय दृष्टिले अत्यन्त महत्वपुर्ण छन् ।
ऐतिहासिक महत्व बोकेको इलाम चिया बगान फिर्ता लिने निर्णय गरिएको थियो नी ?
इलाम चिया बगान हाम्रो गौरव पनि हो र पहिचान पनि । यो पहिचानलाई विगतका सरकारहरुले निजिकरणका नाममा एउटा व्यपारीलाई दिएपछि यो हाम्रो पहिचान र गौरव समाप्त भएको छ । हामीले निर्वाचित भएर आउने वितिक्कै इलाम नगरपालिकालाई हस्तान्तरण गरियोस् यसलाई हामी रिसर्च सेन्टरको रुपमा विकास गर्छौ, यो कारखाना संग्राहलयको रुपमा गौरवको रुपमा संचालन गछौ भनेर हामीले निरन्तर रुपमा ५ बर्षसम्म भएका नगरसभाबाट विशेष प्रस्तावको रुपमा पास गरेर सरकार समक्ष माग गरेका छौ ।

तर यो सुनवाई हुन सकेन् । दुःखद कुरो चिया बगान हाम्रो इतिहास, पौरख र गौरवको रुपमा रहेको चिया बगान उजाड बनिरहेको छ । यस तर्फ संघीय सरकारले अझै पनि उदासिन्ता देखाइ रहेको छ यो हाम्रो निम्ति दुःखद कुरो हो ।
यसलाई विश्व सम्पदाको रुपमा सुचिकृत गर्ने भन्ने पनि सुनिएको थियो नी ?
विश्व सम्पदा सुचीमा राख्न युनेस्कोको आफ्नै विधि प्रक्रियाहरु छन् यस सन्दर्भमा प्रक्रिया अघि बढाएका छौ । यहाँका के के कुराहरु विश्व सम्पदा सुचीमा सुचिकृत हुन सक्छन् युनेस्कोको नियम अनुसार अगाडी बढ्नेछ ।
स्वास्थ्यको क्षेत्रमा के के कामहरु भएका छन् ?
स्वास्थ्यमा हामीले केही कामहरु गरेका छौ । हाम्रोमा हिजो ७ वटा मात्र स्वास्थ्य चौकी भएको ठाउँमा आधारभुत स्वास्थ्य चौकीहरु १६ वटा निर्माण गरेका छौ । यो संचालन भइरहेको छ । १२ वटा वार्डमा १६ वटा स्वास्थ्य चौकी पु¥याइएको छ । त्यसको अतिरिक्त विशेषज्ञ सेवाहरु अघि बढाउन इलाम अस्पतालमा डायलोसिस सेवा संचालनका निम्ति बजेट विनियोजना गरेका छौ, मेसिन खरिद गरिदिएका छौ, जनशक्ती दिएका छौ ।

इलामका विशेषज्ञ डाक्टरहरुलाई इलाममा आकर्षण गर्न सुविधा थप गर्न मासिक रुपमा विशेषज्ञ डाक्टरहरुलाई १५ हजार र अन्य डाक्टरलाई ५ हजार रुपैया सहुलियत उपलब्ध गराइएको छ । त्यहाँ कर्मचारीहरुको व्यवस्थापन गरेका छौ । लाश जाँच गर्ने पोष्टमार्टम क्षेत्र घरलाई अन्यत्र सारेर ममर्त सम्भार गरेका छौ । त्यसमा २ वटा लाश राख्ने मर्चरी फ्रिज खरिद गरेर उपलब्ध गराएका छौ । इलाम नगरपालिकाले ४ वटा विशेषज्ञ सेवा सहितको क्याम्पहरु स्वास्थ्य शिविर संचालन गरेर हजारौ नागरिकहरुलाई निः शुल्क औषधि उपचारको व्यवस्था गरेको छ ।

त्यसको अतिरिक्त कडा रोग लागेकहरुलाई सरकारले १ लाख रुपैया स्वास्थ्यमा छुट दिने गरेको छ । त्यो छुट पाउने नगर क्षेत्रका व्यक्तिहरुलाई बाटो खर्च बापत १० हजार रुपैया दिने व्यवस्था मिलाइएको छ । त्यस्तै दलितहरुलाई स्वास्थ्य बीमा गरिदिनका लागि हामीले दलितको जेष्ठ नागरिक जसले राज्यबाट दलित स्वास्थ्य बीमा पाउनुहुन्न उहाँको बीमा गरिदिने व्यवस्था मिलाएको छ ।

महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मासिक १ हजार रुपैया सुविधा दिन्छौ भने उहाँहरुको स्वास्थ्य बीमाको खर्च नेपाल सरकारले आधा दिन्छ बाँकी रहेको हामीले उपलब्ध गराएका छौ । सुत्केरी महिलाहरुलाई सुविधा दिएका छौ । इलाम अस्पतालमा सुत्केरी हुन आउने महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएकोछ ।

सो सेवा लिन नसक्नेहरुलाई १ हजार रुपैया यातायात खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ । आँखा अस्पताल स्थापना गरेर विशेषज्ञ सेवा त्यहाँबाट उपलब्ध गराइरहेका छौ । र चाडै त्यहाँ शल्यक्रिया गर्ने व्यवस्था हामीले गराएका छौ । यसका लागि उपकरण खरिदको प्रक्रिया अघि बढेको छ ।

अब चाडै यो सेवा पनि उपलब्ध हून्छ । एकिकृत रुपमा नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवामा मात्र जिम्मेवार बनाएकाले हामीले बिशेषज्ञ सेवाहरुलाई समेत कर्तव्य ठानेर सम्पादन गराएका छौ ।
प्रविधिमैत्री नगर बनाउने योजनाका कामहरु कसरी भइरहेका छन् ?
हामीले धेरै सेवा अनलाइन उपलब्ध गराइरहेका छौ । हाम्रो प्रविधिमैत्री छ । हाम्राबाट खानेपानीका बिलहरु अनलाइन माफर्त तिर्न सक्ने व्यवस्था गरिएको छ । मिटर रिडिङलाई अनलाइनबाट लग्न प्रयत्न गरिएको छ । लगायतका सुविधाहरु र सिफारिस रुपमा एकिकृत रुपमा यहिबाट सम्पादन गर्न सक्ने अवस्थामा छौ । र प्रविधिमैत्री ढंगबाट यो कामहरुलाई अघि बढाउने प्रयत्न गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार