फिक्कल । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रविण तिम्सिनाले देश माओवादीमय भएको बताएका छन् । उनले माओवादी सकियो चिज नभएर विज्ञान, विचार र संघीयता भएको बताए ।
२७ औ जनयुद्ध दिवसको अवसरमा फिक्कलमा आयोजित दिपप्रज्वलन कार्यक्रमलाई सम्बोधनका क्रममा गणतन्त्र विरोधीहरुलाई चुनौती दिँदै भने ‘माओावदी सकियो भन्नेहरुलाई के बुझनुपर्छ भने माओवादी सकिने चिज हैन् माओवादी विज्ञान हो विचार हो संघीयता हो । के माओवादी सकियो भन्नेहरुलाई संघीयता र गणतन्त्र खारेज गर्नृपर्छ भन्ने हिम्मत छ ’।
गणतन्त्र सकिएको अवस्थामा मात्र माओवादी सकिने उनले बताए । उनले गणतन्त्रका लागि लडेका योदाहरुलाई अपमानित गरिँदै विरोधीहरु मालिक हुनु आपत्तिजनक भएको बताए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता स्थानीय तह जनयुद्धले स्थापित गरेको नारा भएको बताउँदै उनले तर गणतन्त्रमा लड्नेहरु उपेक्षा हुँदै गए अर्को रुप लिन सक्ने चेतावनी दिए ।
उनले भने ‘शरिरमा प्रतिक्रियावादी राज्य सत्ताले दिएको उपहार गोलीका छरराहरु अहिले पनि बोकेर बसिरहेका छन् उनीहरुलाई शिघ्र स्वाथ्यलाभको कामना ।गणतान्त्रिक राज्यले घाइते अपाङ्गलाई सम्बोधन गरोस उपचार र भरपोषण गरोस् ।’
उनले गणतन्त्रका मुद्धामा तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताए । ‘हिजो गणतन्त्र नेपाल जिन्दावाद भन्दा टाउकोको मुल्य तोकिन्थ्यो । गणतन्त्र सम्भव छ भन्दा हत्या गरिन्थ्यो । आज गणतन्त्रका लागि लड्ने योद्धाहरु र गणतन्त्रलाई निष्तेज पार्ने शक्तिहरु विचको युद्धमा माओवादीको योजना र नीतिले विरोधीलाई निष्तेज पारेको छ ।’
उनले संघीयता, धर्मनिरक्षेपता माओवादी केन्द्रले अघि सारेको योजना अहिल स्थापित भएको बताए । दिपप्रज्वलमा माओवादी केन्द्र सूर्योदय नगर अध्यक्ष सदिप तामाङ अग्नी, उपाध्यक्ष घनश्याम पौडेल, सचिव मेहरराज आचार्य, सहसचिव विपिन पोखरेल लगायत नगर क्षेत्रमा अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

