Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मयु खोलाको पुल भत्किएपछि यातायात संचालनमा समस्या

मयु खोलाको पुल भत्किएपछि यातायात संचालनमा समस्या

  • लोकल सन्देश
  • सोमबार, माघ ३ २०७८


मयु खोलाको पुल भत्किएपछि यातायात संचालनमा समस्या

नयाँबजार । इलामको सुदुरपूर्वी क्षेत्रबाट मेचीराजमार्ग जोड्ने मुयुँ खोला पुल भत्किएपछि यातायातका साधन आवातजावतमा समस्या भएको छ । बेमौसमी बर्षातले पुल भत्काएपछि अहिले खोलाबाटै यातायातका साधन संचालन भएपनि वर्षातमा आवातजावत ठप्प हुने भएको छ ।
सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्ने मयूँ खोला पुल भत्किएपछि अहिले यातायात संचालनमा समस्या भएको छ । अशोज र कात्तिकमा परेको बेमौसमी बर्षातले पुल भत्काएपछि यातायातका साधन अहिले खोलाबाटै गुड्दै आएका छन् ।
दुई चक्के सवारीसाधन भत्किएको पुलबाटै गुड्दै आएपनि ठुला सवारीसाधन खोलाबाट संचालनमा आएका छन् । पुल भत्किएपछि हिउँदमा खोलाबाट गाडि संचालन गरेपनि वर्षातमा ठप्प हुने चिन्ताले सूर्योदय र माईजोगमाई पालिकाबासीलाई सताएको छ ।
मयूँ खोलाको पुल भएर सूर्योदय १ र माईजोगमाई गाउँपालिका हुँदै भारतको सीमा क्षेत्रसम्मका बासिन्दा आवतजावत गर्दै आएका थिए । पुल भत्किएपछि वर्षातमा आवातजावतमा समस्या हुने भएकाले तत्काल मर्मत र नयाँ पुल निर्माण गर्न संघीय र प्रदेश सरकारसँग माग गरिएको माईजोगमाई गाउँपालिका अध्यक्ष जीत बहादूर राईले बताए ।
मयूँ खोला पुलको तत्कालिन जिल्ला विकास समितिले निर्माण गरेको थियो । फिक्कल नयाँबजार सडकमा रहेको २५ मिटर लामो पुल बर्षातले क्षति पुगेपछि तत्काल मर्मत गरि संचालन गर्न पनि समस्या छ । पुल पूर्णरुपमा क्षति पुगेकाले चाँडो नयाँ निर्माणको थालनी गर्न स्थानीयबासीले माग गरेका छन् ।
पुल निर्माण नभए वर्षातमा सूर्योदय र माईजोगमाई पालिकामा उत्पादन भएको कृषिबाली, दुध र दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार