कन्याम । नेपालको मौलिक र स्वतन्त्र ऐतिहासिक जातिको रुपमा पहिचान बोकेको घले जातिले सुर्योदय नगरपालिका भरिका आफ्नो सामुदाय लाई समेट्दै घले ल्होसार (ताल्हो) अर्थात वाघ वर्ग शुभकामना आदानप्रदान गरि मनाएका छन् ।
लि ल फङ घले समाज सुर्योदय नगरकमिटि को आयोजनामा सुनपा ७ कन्यामको गोगने सम्पन्न यश कार्यक्रममा घले जातिका साथै अन्य जातिहरुको उल्लेखीय उपस्थिति रहेको थियोे ।लि।ल।फङ घले समाजका जिल्ला सदस्य छत्र घले को प्रमुख आतिथ्य तथा नगर अध्यक्ष डिल्ली घले ,गजबहादुर घले ,डम्बरबहादुर कटुवाल लगायत अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घले ले घलेहरुको ईतिहास तथा घले ल्होसारको बारेमा प्रकाश पारेका थिए ।त्यसै गरि कार्यक्रममा तरुलका विभिन्न परिकारहरु स्वादमा रमाउदै वयोवृद्ध हरु बाट सामुहिक रुपमा आशिर्वाद ग्रहण समेत गरिएको थियोे ।
घले जातिहरुको र मौलिक र सांस्कृतिक उत्थानका लागि २०६५सालमा स्थापना भएको लि।ल।फङ घले सामजले विश्वभर छरिएर रहेका घले जातिलाई एकीकृत गर्दै घले जातिको रक्षार्थ काम गर्दै आएको छ। घले जाति गोर्खा ,लमजुङ ,मनाङ,कास्की ,तनहुँ ,रसुवा ,धादिङ ,चितवन ,मकवानपुर ,ईलाम ,सिन्धुपाल्चोक लगायतका ३६ जिल्लामा बसोबास गर्ने गर्दछन् । २०६८को जनगणना अनुसार घले जातिको कूल जनसंख्या २२ हजार ८ सय ८१ रहेको थियोे भने पछिल्लो पटक गरिएको जनगणनाको तथ्यांक आउने क्रममा रहेको छ । सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भीम घलेले राखेको थिए भने कार्यक्रम सन्चालन कमल घलेको रहेको कार्यक्रममा सहभागी अमृत कटुवालले आयोजकलाई उदृत गर्दै जानकारी दिएका छन।