सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिले आन्तरिक आय वृद्धिका लागि राजश्व सुधार कार्ययोजना तर्जुमा अन्तरक्रिया सम्पन्न गरिएको छ । सन्दकपूर गाउँपालिकाको आयोजनामा जनप्रनिधि, कर्मचारी र विज्ञ समुहको सहभागितामा गाउँपालिकास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
राजश्वको श्रोत वृद्धिको काम, आर्थिक ऐनमा उल्लेख भएका सुधार गर्नुपर्ने कुराहरु, आगामि आर्थिक वर्षमा राजश्व वृद्धिका लागि खेल्नुपर्ने भुमिकाका बारेमा अन्तरक्रियामा छलफल भएको थियो ।
अन्तरक्रियाबाट ४ वटा राजश्व सुधार समिति अन्तरगत उप समिति गठन गरिएको छ । उप–समितिले वडास्तरमा छलफल गर्नेछन् । २ दिने अन्तरक्रियामा प्रमुख सहजकर्ता कोपिला पोखरले, र सहजकर्ता पुरुषोत्तम खतिवडाले सहजिकरण गरेका थिए । कर संकलनका बिषयमा तीन वर्षे कार्यायोजना निर्माण गर्ने योजना अनुरुप छलपल गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
अन्तरक्रिया कार्यक्रममा समापन गर्दै सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले पालिकाको राजश्व वृद्धि र कर संकलनका बिषयमा जनतासँग वृहत छलफल गरिने बताए ।
