Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन

चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन

  • सन्देश सम्बाददाता
  • बिहिबार, पौस २९ २०७८


चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन

विराटनगर । कोरोनाभाइरसको तेस्रो लहर बढिरहेका बेलाप्रदेश १ सरकारको टोलीले विराटनगर १६ मानिर्माणाधीन होल्डिङ सेन्टर रजोगवनीनाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमानाकाको अनुगमन गरेको हो । अनुगमनकाक्रममाआन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिनभित्रनिर्माण सम्पन्नगर्न निर्देशन दिए ।  कोरोनाको सङ्क्रमणको दर बढिरहेको भन्दै उहाँले सीमा नाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।


विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गतअसार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्नगर्ने नेपाली सेनाले लक्ष्य   लिएको छ । नेपाली सेनाकालीशक्ति गणका गणपति प्रशान्त बज्राचार्यकाअनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ ।
बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए । मन्त्री कार्कीले चार दिनभित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागिआवश्यक सामाग्रीआफूले दिने बताए  । उनले भने–,‘बिजुलीपानीको कामपनिआजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षाकोष, महानगरपालिका सँग समन्वय गर्नुपर्याे । पानी तान्नका लागि कलकहीँ छैन भने म कहाँआउनुहोस् ।’
सीमा क्षेत्रमा कडा निगरानीगर्न मन्त्रीकार्कीले निर्देशन दिनुभएको छ । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उतापारी गएँ भने पनि खोप कार्ड अनिवार्य गर्नुहोस् । उनले भने– हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’


विराटनगर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिन भित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए ।  जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनकाे भनाइ छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ । अनुगमनका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले खोप अभियानलाई पनिक्रमशः बढाउँदै लाने बताए । उनले भोलि नै सबै राजनीतिक दलहरुकाबिचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए ।
जोगवनी हेल्प डेस्ककाअनुसार पौष महिनामादुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामाकोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यो दर दैनिक रूपमा बढ्दै गएको डेस्कमा रहेकाप्रतिनिधिले जानकारी गराएका छन् । अनुगमनमा मोरङका प्रमुख जिल्लाअधिकारी काशिराज दाहाल, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सुरक्षाकर्मी निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार