Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली गाउँपालिकामा वडा र प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

चुलाचुली गाउँपालिकामा वडा र प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

  • सुजन तिमल्सिना
  • मंगलबार, पौस ६ २०७८


चुलाचुली गाउँपालिकामा वडा र प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

चुलाचुली । चुलाचुली गाउँपालिकामा स्थानीय तह घोषणा भएपछि कर्मचारी र जनप्रनिधि बसेर काम गर्ने प्रशासनिक भवन थिएन । कर्मचारीसँगै जनप्रनिधि थपिएपछि गाउँपालिकाको दैनिक प्रशासनिक काम गर्न झनै समस्या बढ्यो ।
सुरुका दिनमा प्रशासनिक काम गर्न समस्या भएको यो गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माणले जनतालाई सेवा प्रभावमा सहज भएको छ । झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकाको मुख्य प्रशासनिक भवनको पहिलो तला २०७७ असोजमा निर्माण सम्पन्न भएको थियो ।
वडा र केन्द्रमा भौतीक पूर्वाधार पुरा गर्ने निति लिएपछि अहिले प्रमुख प्रशासकिय भवनको दोस्रो तलाको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रमुख प्रशासकिय भवनको पोहिलो तल्ला दुई करोड ९१ लाखमा निर्माण सकाएर काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
पूर्वाधार निर्माणको काममा जनप्रनिधि एक भएपछि वडा भवन, स्वास्थ्य केन्द्रका भवन र प्रमुख प्रशासकीय भवन निर्माणको काम आर्थिक वर्ष २०७५÷०७६ बाट शुरु गरिएको थियो ।
चुलाचुली र साकफारा गाविस मिलाएर बनेको चुलाचुली गाउँपालिकाको वडा र मुख्य प्रशासनिक भवन नै अभाव भियो । वडा भवन र प्रमुख प्रशासनिक भवन नहुँदा सेवा कसरी दिने भन्ने चिन्ताले सताउने गरेपनि अहिले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।
प्रमुख प्रशासकीय भवनको दोस्रो तला, सेमिनार हल, र घेराबाराको काम अहिले १ करोड ७१ लाखामा भइरहेको छ । ६ वटै वडाहरुको भवन पनि निर्माणको काम सकिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षभरमा सबै पूर्वाधार निर्माणको काम सकेर आगामि आर्थिक वर्षबाट कृषि क्षेत्रमा लगानी बढाउने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार