आइतबारे । इलामको पोहिलो सदरमुकाम इलामको सूर्योदय नगरपालिका ११ को पूर्णेडाँडामा मेला आयोजना गरिएको छ । सुगौली सन्धिपछिको पोहिलो सदरमुकाम रहेको पूर्णे डाँडा क्षेत्रमा स्थानीय बासिन्दाले झ्याम्टे मेला आयोजना गरिएको हो ।

झ्याम्टे मेला संरक्षण तथा सम्बद्र्धन समितिको अयोजनामा भएको मेलामा विभिन्न सास्कृतिक कार्यक्रम, आदिवासी जनजाति समुदायको झाँकी प्रदर्शन र मनोरञ्जनात्मक खेलहरु आयोजना भएको थियो । एक दिने मेला २६ सुर्योदय नगरपालिका वडा नम्बर ११ को पूर्णेडाँडामा एैतिहासिक झ्याम्टे मेला लागेको छ ।

२६ बर्षपछि लाग्न थालेको पूर्णे डाँडामा झ्याम्टे मेला सोकेला उधौली पर्वको अवसरमा लगाइएको हो । ऐतिहासिक पृष्ठभूमिले गर्दा भिन्नै पहिचान बनाएको मेलाको रौनक भिन्दै थियो ।

मेलामा सोकेला सिलि ,बिभिन्न सास्कृतिक नृत्य,राष्ट्रिय तथा स्थानीय गायक तथा कलाकारहरुबाट गीत ,नृत्य प्रस्तुत गरिएका थिए । धेरै प्रचार गर्न नसकेको भएता पनि मानिसहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिका बिजय राईले जानकारी दिए ।
