इलाम । इलाम नगरपालिका ७ निवासी संजय प्रधानको परिवार धार्मिक महत्वको सिंहवाहिनी मन्दिरमा मुर्ति प्रतिस्थापन गरेका छन् ।

इलाम जिल्लाका पुराना फोटोग्राफर रहेका संजय प्रधान र उनको परिवारले मन्दिर परिसरमा राधाकृष्ण र गणेशको मुर्ति राखेका हुन् । इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादूर खड्काको उपस्थितिमा राधाकृष्ण र गणेशको मुर्ति राखिएको हो ।
