फाकफोकथुम । इलामको पश्चिमि क्षेत्र फाकफोकथुम गाउँपालिका ७ को वडा भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको लगानीमा निर्माण सम्पन्न भएको वडा भवनको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईले संयुक्त उद्घाटन गरेका छन् । बुधबार एक कार्यक्रम गरि वडा भवनको उद्घाटन भएको थियो ।
