Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गुट-उपगुट अन्त्य गरेर काँग्रेसलाई एक ढिक्का बनाउँछु : दुर्गा बराल

गुट-उपगुट अन्त्य गरेर काँग्रेसलाई एक ढिक्का बनाउँछु : दुर्गा बराल

  • सुजन तिमसिना
  • बुधबार, मंसिर १ २०७८


गुट-उपगुट अन्त्य गरेर काँग्रेसलाई एक ढिक्का बनाउँछु : दुर्गा बराल

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत पालिका नेतृत्व चयनपछि अहिले संघीय र प्रदेशसभाको नेतृत्वको गरमागरम बहस छ । इलामको क्षेत्र नं १ को नेतृत्वमा ४ जना आकांक्षीहरु मैदान देखिएका छन् । चारै जनाले आफ्नो जीत हुने दाबी गरिरहेका छन् । काँग्रेस नेतृत्वमा पुनः किन दुर्गा बराल भन्ने बिषयमा केन्द्रित रहेर प्रधान सम्पादक सुजन तिमसिनाले गरेको कुराकानीको सारसंक्षेप

अहिले नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । इलाम क्षेत्र नं १ को अवस्था चाहि कस्तो छ ?
नेपाली कांग्रेसको लागि विशेष चाड नै भन्नुपर्छ । राष्ट्रमा विभिन्न वर्ग र जातको जस्तो कांग्रेको चाड हो । यसलाई पर्वको रुपमा लिएर अघि बढको छौ । कांग्रेसका सवै सहभागि भएर सम्पन्न गर्न लागेका छौ ।
क्षेत्रिय सभापतिको उम्मेदवार हुनुहुन्छ मतदाताको नजरमा कसरी लाग्दै हुनुहून्छ ?
कांग्रेसभित्र रहेको काम गरेको ३०÷३१ बर्ष भयो । यो अवधिमा जिल्ला कार्यसमिति भित्र बसेर २ पटक काम गरेको छु । १ पटक सहसचिव भएर पनि चलाएको छु । १२ औ महाधिवेशनमा क्षेत्रिय सभापतिमा बढि मत ल्याउँदा ल्याउँदै पनि चिठ्ठामा हारेको महसुस गरेको छु । १३ औ महाधिवेशनमा साथीभाईहरुले माया गरेर दुर्गा बराल जस्तो मान्छे चाहिन्छ भनेर धेरै मत दिएर दायित्व सुम्पिनुभएको थियो । अहिले पनि सक्षम पार्टीलाई समय दिने जनता र कार्यकर्तालाई परेको बेला सरिक भएर काम गर्ने दुर्गा बराल नै हो भन्ने भएपछि पार्टी सम्हाल्नुपर्छ भन्ने राय पाएपछि नै उम्मेदवारी दिएको हुँ ।
कार्यकर्ताहरुको नजरमा कस्तो एजेन्डा लिएर अघि बढ्नुभएको छ ?
मैले गरेको कार्यकालाइ हेर्नुपर्छ सवैभन्दा पहिला । मैले विताएको कार्यकालमा गरेको काम छिपेकै छैन् । हुन् सक्छ १०० प्रतिशत गर्न सकिन होला । कसैले पनि सक्दैन् । मैले थाहा पाए अनुसार ५६ साल यता सबैभन्दा बढि काम हाम्रो कार्य समितिले १३ औ महाधिवेशनबाट आएको कार्य समितिले गरेको थियो । पार्टी समायोज भएर जाँदै गर्दा पुर्नसंरचनापछि ३ क्षेत्रबाट २ क्षेत्र भएकोछ ।

मैले काम गदैै गरेको साविक १ नम्बर हो नी । माथिल्लो क्षेत्रमा प्रभाव पार्ने काम गर्न सकिन । किन सकिन भन्दा विश्वव्यापी कोरोनाको महामारीले झन्डै २ बर्ष केहि गर्न सकिएन् । बन्दी बनिएका थियौ घर भित्र थुनिएका थियौ । भोकभोकै बस्नुपर्ने स्थिती आयो श्रमजिविहरु श्रम बेगर बस्नुपर्ने अवस्था आयो । रोगीहरु अस्पताल जान सक्ने अवस्था आएन् । हामी पनि घर भित्र बस्यै तर फोन सम्पर्क रहिरहयो ।

त्यसले गर्दा माथिल्लो बेल्टमा काम गर्न सकिन् । माथिल्लो क्षेत्रमा मधुर सम्बन्ध स्थापित गर्न २०÷२१ वटा एजेन्डा राखेको छु । त्यसलाई व्यवहारमा उतार्ने हो । यो गर्छु उ गर्छु भन्दा पनि कार्य पुरा गर्न लागेको छु र लाग्छु ।
कार्यकर्ताको घरघरमा पुग्दा कार्यकर्ताको भनाई छ के नेपाली काँग्रेस अव कस्तो हुनुपर्छ ?
पहिलो कार्यकाल सभापतिमा बिजयपछि पार्टीलाई एक ढिक्का बनाएर लग्ने सोच थियो । तर केही साथीहरुले एक ढिक्का बन्न दिनुभएन् । व्यक्तिगत स्वार्थका कारण पार्टी ओझेलमा प¥यो । अधिवेशनमा पराजित बन्नुभएका साथीहरुलाई समेत समितिमा ल्याए तर निरन्तरता दिनलाई कठिन बनाइयो । त्यसबेला एक ढिक्का बनाउन सकिएन् । एक मत भएर अघि बढ्न सकिएन् भने पार्टीलाई दर्विलो बनाउन सकिनन् भन्ने लागेको छ ।

अबको पहिलो काम भनेको जिल्लामा देखिएको ४ चिरा छन् त्याे अन्त्य गर्ने प्रयास रहेनछ ।  मेरो दृष्टिमा सबै कांग्रेसको कार्यकर्ता हुन् एकै ढिक्का बनाएर लैजानुपर्छ । केही ठाउँमा काम सुरु पनि गरेको छु । पार्टीको जुन फुट छ त्यसलाई म एकै चोटी समाप्त गर्न सक्दिन् तर आउँदो दिनमा एकवद्ध बनाएर लैजाने योजना हो ।
के के छन्  मुख्य एजेन्डाहरु जनतालाई सुनाउनका लागि ?
नेपाली काँग्रेस अहिले मासबेस पार्टीको रुपमा अघि बढेको छ । क्याडरबेसमा गएका छैनौ । १३ औ अधिवेशनबाट क्षेत्रिय सभापति जितेपछि २ अवधि कार्यक्रम लिएर गएको थिए । सबै पालिका वार्डमा कार्यक्रम हुँदा पुषको १ देखि २८ गतेसम्म २ बर्ष नै चलाएको थिए । नेकाको क्षेत्रमा बर्चस्व कति हो त्यसको सर्वप्रथम अपडेट गर्नुपर्छ । संगठन गर्दै गर्दा ठुलो क्षेत्र रहेको इलाम क्षेत्र नं १ मा कार्यकर्ता कति हो भने गणित बेसमा ल्याउनुपर्छ ।

नेपाली कांग्रेसलाई संगठित गर्दै गर्दा युवा साथीहरुलाई कसरी आर्कषण गर्न सकिन्छ भन्ने बारे पनि एजेन्डा छ । कांग्रेसले प्रशिक्षण गर्दै गर्दा कुनकुन बिषयमा जाने हो त्यसबारेमा बौद्धिक साथीहरुसंग बसेर प्रशिक्षित गर्न सकिन्छ भन्ने बारे पनि कार्यक्रम अघि सारिएको छ । अर्को कुरो अझ सम्म पनि एकले अर्कालाई स्विकार गर्न सक्ने परिस्थितीलाई कसरी निस्तेज गर्न सकिन्छ भन्नेमा पनि लागेको छु ।

सधै भाडामा लिएर बस्दै गर्दा एजेन्डा बनाए स्थायी कार्यालय बनाए जाने भन्ने एजेन्डा बनाएको छु । त्यहाँ भित्र धेरै भिजनहरु छ पछि यस बारेमा भनौला । काँग्रेसका कार्यकर्ताहरु पैसा भन्दा पनि विकृती विसंगतिको चिरफारमा गर्नुपर्छ भन्ने लागेको छ । भोली निर्वाचनमा संलग्नता हुँदै गर्दा कुन कार्यक्रम बनाउँदा हुन्छ भन्ने बारेमा पनि मेरो एजेन्डा छ । मेरो सवैभन्दा अन्तिम धारणा सवै तहको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई बिजय गराउनुपर्छ अर्को क्षेत्रको साथीलाई पनि बिजय गराउन सहयोग पु¥याउनुपर्छ भन्ने मुख्य धारणा हो ।
पुन सभापति उम्मेदवारी दिँदै गर्दा प्रतिद्धन्द्धीले पटक पटक हुनुभयो अब हामी हुनुपर्छ भन्ने छ यसका तपाईको धारणा के छ ?
कांग्रेस भित्र हाम्रो र राम्रो खोज्ने हो । पटक पटकको कुरा गर्ने हो भने केन्द्रिय समितिमा पटक पटक प्रधानमन्त्रीमा जाने मान्छे पनि छन् , सभापति बन्ने मान्छेहरु पनि छन् । विधानत व्यवस्था गरेको छ । तर त उठ र म उठ भन्ने मेरो अधिकार क्षेत्रमा पर्दैन् । लोकतान्त्रिक पार्टी भएकाले भन्नलाई स्वतन्त्र छ । कांग्रेसमा प्रणालीगत रुपमा कसरी चलेको छ भन्ने बारेमा उहाँहरुले हृदयमग गर्नुपर्छ ।
सभापति भइसकेपछि देखिएका समस्याहरु हल हुँदै जान्छन् त ?
धेरै समस्याहरु छन् । एउटा मचिसको काटीले संसार डढेलो लगाउन सक्छ । एउटा मानिसले संसार परिर्वतन गरेको इतिहास छ । पार्टीले दिएको दायित्व भित्र रहेर गर्ने हो जिल्ला सक्दिन होला राज्य सक्दिन होला तर मेरो क्षेत्रमा निरन्तर भनेको पार्टीलाई एक ढिक्का बनाउने हो ।
अब आउने स्थानीय तहको निर्वाचन र अन्य निर्वाचनमा कांग्रेसको उपस्थिती कस्तो हुन्छ तपाई सभापति निर्वाचित भइसकेपछि ?
अब स्थानीय तहको निर्वाचनको करिब ६÷७ महिना भित्रमा तय हुन्छ होला । यो क्षेत्रको निर्वाचन कसरी कांग्रेसको पोल्टोमा पार्ने तीनै तहको भन्ने बिषयमा कार्यकर्ताहरु बसेर धेरै छलफल गर्नुपर्नेछ । त्यसलाई रणनितिक कार्यक्रहरु बनाउनुपर्ने छ । कसरी आफ्नो पार्टीलाई बिजय गराउन सकिन्छ भन्ने बारेमा सर्व प्रथम संगठनलाई दरिलो बनाएर रणनितिक योजनामा जान्छौ । उम्मेदवारहरु धेरै हुन सक्छ तर मिलाउने विधानमा व्यवस्था छ ।

वडा कार्य समितिले सिफारिस गरेको को लोकप्रिय छ कसले समाजको लागि कति योगदान दिएको छ कसले पार्टी भित्र समर्पित गरेछ भन्ने ४÷५ वटा क्लज राखेर विधानमै व्यवस्था गरेको छ । त्यस्ता व्यक्तिलाई खोजेर पठाउँ । लोकतान्त्रिक पार्टी भएकाले सिफारिस गरेपछि पनि दायित्व के रहन्छ भने वडा वडामा गएर छलफल गरेर भोली बिजय प्राप्त गर्न सक्छौ त ।

उहाँहरुले पठाएको मध्ये को हो त पहिलो उम्मदेवार भने छलफल गरेर सिफारिस गर्ने निर्णय गर्नेमा पुग्छौ । गाउँपालिका स्तर अध्यक्ष उपाध्यक्ष सिफारिसमा उहाँहरुसंगै गाउँम गएर छलफल गरेर को हो ठिक भन्ने बारेमा राय सुझाव लिएर मात्र सिफारिस गर्छु । त्यसरी नै मेयर उपमेयर वडाध्यक्ष सिफारिसमा समेत सवै पक्षसंग बसेर छलफलपछि क्षेत्रिय कार्यसमितिको बैठक बसेर सिफारिस गरिनेछ ।
अहिले संघीय र प्रदेश सरकारमा गठबन्धन छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्भावन हुन्छ हुँदैन् तपाईको निर्वाचन क्षेत्र भित्रको अवस्थामा ?
अब अहिले नेपालको सन्र्दभमा कुरा गर्दा ५ दलिय गठबन्धनको सरकार छ । हामीले मान्ने माथिल्लो तहको निर्देशन हो । अब गठबन्धन गरेर जा भनेर भन्छन् की वा एक्लै जान्छ भन्छन् की पहिलो नम्बर त्यसलाई हेर्छौ । दोश्रो नम्बर रणनिति के रहन्छ भने हामी कुनै पनि पार्टीसंग हामीले कसरी बिजय प्राप्त गर्न सक्छौ उनीहरुको दखल कहाँ छ हाम्रो दखल कहाँ छ मुल्यांकन गरेर मिलेर सरकार बनाउने लक्ष्य छ ।

सभापति निर्वाचित भइसकेपछि कार्यकर्ताहरुको तमाम समस्या हल गर्न कस्तो कार्यक्रम आउँछ त ?
सर्व प्रथम त कार्यकर्ताहरुलाई विवेक प्रयोग गर्नुस भन्छु । मलाई नै दिनुपर्छ भन्दिन् । ४ जना उठेका छौ । विवेक प्रयोग गर्नुप¥यो को सक्षम छ कसले कसले नेतृत्व गर्न सक्छ को पार्टीको कार्यकर्तालाई माया गर्छ वा निर्देशन गर्दा पनि सौहार्दरुपमा गर्छ विचार गर्नुपर्छ । नेपाली कांग्रेसको अहिले नेता भनेको क्षेत्रिय प्रतिनिधि हो केन्द्रसम्मको नेता चुन्ने अधिकार उहाँहरुसंग छ ।

उहाँहरुले नै कांग्रेसको भाग्य निर्माण गर्नुपर्छ भन्ने लाग्छ । मेरो कार्यकाल हेरेर नेतामा हुनुपर्ने गुण छ म ठिक छु भने एक भोट हालिदिनुहोस भन्छु । सहयो गर्ने कुरामा कुनै साथीहरुको गुट उपगुट भनेर हेर्दिन सवै साथीहरुको दुःख सुखमा साथ रहन्छु । परेको बेला राती १२ बजे पनि उठेर जान्छु । सर्व प्रथम पार्टीलाई एक ढिक्का बनाएर दरो बनाउने दायित्व सुम्पिनुभएको छ ।
तपाईको चुनाव जित्ने आधारहरु के के छन् ?
मैले विकास निर्माणमा गरेको कामहरुको कार्यकाललाई पनि हेर्ने हो । जनतासंग रुझेर भिजेर उहाहरुसंग बसेर गरेको कामलाई पनि हेर्ने हो । मैले गरेको कामलाई हेरेर मलाई मत जाहेर गर्ने हो । मलाई के लाग्छ भने एउटा आधार चाहि मैले गरेको कामलाई हेर्ने हो । पार्टी संगठनमा के गरे भन्ने हेर्ने हो । तेश्रो कुरो पार्टी भित्र पुस्ता हस्तान्तरण गर्दै गर्दा त्यो पनि थिति राख्ने दुर्गा बराल हो भनेर भन्दछु ।

कार्यकाल र सवै गरेको कामहरुलाई जोडे । सामाजिक क्षेत्रमा कति गरे भनेर भनिरहनुपर्दैन् । ३० बर्षको अवधिमा गरेको छर्लंग छ । अब पनि मेरो उद्धेश्य भाषण गर्नु भन्दा पनि मेरा भिजनहरु छन् त्यसलाई व्यवहारमा उतार्न काँग्रेसका आस्थावान साथीहरु अझ माया गर्ने अन्य पार्टीका साथीहरुलाई राखेर मैले गर्नुपर्ने कामहरु सूर्योदयमा के काम गर्ने माईजोगमाईमा के काम गर्ने, सन्दकपुरमा के काम गर्ने, रोङमा के काम गर्ने र माईमा के काम गर्ने भन्ने बारेमा म बाट स्थानीय सरकारमा जो सुकै आएपनि सुझाव सहित दबाब पनि जान्छ ।

उहाँहरुलाई एउटा मार्ग निर्देशन पनि जान्छ । त्यसरी यस ठाउँको विकास गर्ने दायित्व हो भन्ने लाग्छ । अहिले पनि गरेको छु भोली पनि गर्छु । हाम्रा कार्यकर्ताहरुले अन्य पार्टीहरुले के बुझ्नुपर्छ भने राम्रो मान्छे ल्याउँ नेपाली जनताको मान्छे ल्याउँ कांग्रेसको मान्छे ल्याउँ गोजीको मान्छे नल्याउँ, हामी सबैको मान्छे ल्याउँ जसले शासक हैन् सेवकको रुपमा काम गर्छ त्यस्ता ल्याउँ भन्ने बारे निरन्तर काम गर्नेछु ।

https://www.facebook.com/Localsandesh/videos/620389912434995/

प्रतिक्रिया
सम्बन्धित समाचार