चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवन जिल्ला बाट नै लड्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव लड्नै बताएका हुन् । अध्यक्ष प्रचण्डले अब पाँच वर्षको लागि हुने निर्वाचन आफ्नो लागि अन्तिम हुन सक्ने बताएका छन् । अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’
अध्यक्ष प्रचण्डले ‘न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँकतैबाट आँच आउन दिन हुँदैन । अहिले डिबेड चलिरहेको छ । एकदुई दिनमा निष्कर्षमा पुग्छ भन्ने मलाई लाग्छ ।’अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै ‘हिजोमात्र तीन वटा गठबन्धनबीच छलफल भयो, कुनै समस्या छैन ।’