इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माइजोगमाई गाउँपालिकाको पहिलो पालिका अधिवेशनबाट यज्ञप्रसाद घिमिरे (योगेन) सभापतिमा चयन भएका छन्। त्यस्तै मोहन सुवेदी उपसभापति, पीताम्बर पौडेल सचिव तथा वीरेन मोक्तान सह–सचिवमा मनोनित भएका छन्।
कोषाध्यक्ष पदमा भने पछि निर्णय गरिने जनाइएको छ। त्यसैगरी सदस्यहरूमा नरेन्द्र भट्टराई, मुना तामाङ, लालबहादुर खत्री, रनबहादुर खत्री, सरिता सुवेदी र बलबहादुर खड्का चयन भएका छन्। अधिवेशनले जिल्ला अधिवेशन समितिका लागि गोविन्द सन्जेल र दीपेन देवानलाई प्रतिनिधिका रूपमा चयन गरेको छ भने केन्द्रीय अधिवेशन प्रतिनिधिमा सुबोध पौडेल मनोनीत भएका छन्।
पार्टी संगठनलाई वडा तथा पालिका तहसम्म सुदृढ बनाउने, स्थानीय जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने तथा सुशासन र उत्तरदायित्वको पक्षमा काम गर्ने प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको जनाएको छ।