सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिकाले चार वर्षमा ५८ किलोमिटर सडक स्तरउन्नती (सोलिङ) गरेको छ । ग्रामीण क्षेत्र सहज रुपमा यातायातका साधन संचालनका लागि ढुङ्गाको सोलिङ गरि स्तरउन्नती गरिँदै आएको छ ।

पालिका भित्रका सडकलाई प्राथमिकताका आधारमा सडक स्तरउन्नतीको काम हुँदै आएको पालिका अध्यक्ष उदय राईले बताए । पालिकामा आर्थिक वर्ष २०७४÷०७५ मा ८ किलोमिटर ७ सय ८८ मिटर, ०७५÷०७६ मा १३ किलोमिटर ८ सय १५ मिटर सडक स्तरउन्नती गरिएको इञ्जिनियर सुशान्त चापागाईले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा १३ किलोमिटर ९ सय १३ मिटर र ०७७÷०७८ मा २१ किलोमिटर ३ सय २९ मिटर सडक स्तरउन्ती गरिएको हो । ४६ वटा सडक रहेको सन्दकपूर गाउँपालिमा सडकलाई स्तरउन्नती गरि हिउँद वर्षात नै गाडि संचालनका लागि ढुङ्गा सोलिङ गरिँदै आएको सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

पालिकामा चार आर्थिक वर्षमा एक सय २८ किलोमिटर ५ सय ७६ मिटर सडकको नयाँ ट्रयाक खनिएको छ । पालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा २१ किलोमिटर १५ मिटर, ०७५÷०७६ मा ४१ किलोमिटर २ सय ९२ मिटर सडकको ट्रयाक खनिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा ३९ किलोमिटर ३ सय ३ मिटर र ०७७÷०७८ मा २६ किलोमिटर ९ सय ७५ मिटर सडकको ट्रयाक खनिएको छ । सन्दकपूर गाउँपालिकामा अहिलेसम्म ४ सय ३८ किलोमिटर सडक खनिएको तथ्याड्ढ रहेको छ । सडकको व्यवस्थित निर्माणका लागि गाउँपालिकाले सडकको आवधिक योजना निर्माण गरि निर्माण गर्दै आएको हो ।