माङ्सेबुङ्ग । इलामको कर्णाली मानिएको माङसेबुङ्ग गाउँपालिका कालोपत्रे सडक संजालबाट जोडिएको छ । इलामको पश्चिमी क्षेत्र मंगलबारेको गजुरमुखिदेखि इलामको चतुरेसम्म सडक कालोपत्रे गर्ने काम भएपछि माङ्सेबुङ्गबासीको दुःखका दिन हराउने भएका छन् ।

इलामको कर्णाली मानिएको माङसेबुङ्ग गाउँपालिकाको बिच भएर दमक रबी जोड्ने सडक कालोपत्रे बच्छ्यिाउने काम शुरु भएसँग स्थानीय खुशि भएका छन् । देउमाई नगरपालिकाको सीमा क्षेत्र गजुरमुखिदेखी माङ्सेबुङ्ग ३ को चतुरे बजारसम्म सडक कालोपत्रेको काम २०७५ सालबाट शुरु भएको थियो । संघीय सरकारको ग्रामीण सडक संञ्जाल सुधार आयोजनाबाट माङ्सेबुङ्ग पालिका भित्र १३ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

बर्षातका ५ महिना यातायात संचालनमा कठिनाई भोग्दै आएका माङ्सेबुङ्गबासीका लागि सडक कालोपत्रे भएपछि इलाम सदरमुकाम आवतजावतमा सहज हुनेछ । गजुरमुखीबाट १३ किलोमीटर राके रवि सडक खण्ड र मंगलबारे एकतप्पता राके रवि जोड्ने सडक कालोपत्रे भएपछि कृषि उपज बजार पु¥याउन सहज हुने गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताए ।

५९ करोड ८८ लाख ८४ हजार रुपियाँ बजेटको गजुरमुखि चतुरे सडक खण्ड कालोपत्रेको काम २०७५ मंसिर २८ मा निर्माण संझौता भएको थियो । २ वर्षमा सम्पन्न गर्नुपर्ने संझौता भएपनि कोरोना माहामारीका कारण कालोपत्रे विच्छ्याउने काममा ढिलो भएको निर्माण व्यवसायी संत्तोस कटुवालले बताए ।

कर्णालीको उपमा पाएको यस क्षेत्रमा सडक कालोपत्रेपछि स्थानीयको उत्पादन सहजै बजारको पहुँचमा पुग्नेछ । जसले गर्दा ग्रामीण जनताको आर्थिक यायआर्जमा वृद्धि पुग्नेछ ।

कालोपत्रे गरिँदै आएको सडक नाला सहित पाँच मिटर चौडा छ । एशियाली विकास बैँक ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा दुवै सडक कालोपत्रे हुँदै आएको हो ।

सडकको निर्माण अवधि दुई वर्ष, त्रुटि सच्याउने एक वर्ष र कार्यसम्पादनमा आधारित मर्मत एक वर्ष रहेको छ । २०७८ मंसिरसम्ममा कालोपत्रे विच्छ्याउने काम सकिने सडक अस्पाल कंक्रिट प्रविधिबाट कालोपत्रे गरिँदै आएको छ ।
