Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्री झलनाथ खनाल सहित इलामका क–कसले पाए मानपदवी र पदक

पुर्व प्रधानमन्त्री झलनाथ खनाल सहित इलामका क–कसले पाए मानपदवी र पदक

  • नमीन ढकाल
  • सोमबार, असोज ४ २०७८


पुर्व प्रधानमन्त्री झलनाथ खनाल सहित इलामका क–कसले पाए मानपदवी र पदक

इलाम । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने भएको छ । यसरी पदक तथा सम्मान पाउनेमा इलामका पुर्व प्रधानमन्त्री झलनाथ खनाल सहित विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरु  समेत रहेका छन् ।

सरकारले आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याएको आधारमा इलामबाट  कला साहित्य, स्वास्थ्य, पत्रकारिता, सुरक्षा र धर्म संस्कृतिका क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्धारा विभूषित गर्न लागेको हो । सरकारले पुर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव मानपदवी दिने निर्णय गरेको छ ।

खनाल विगत ३ दशक भन्दा लामो समय देखि इलामबाट निर्वाचन जित्दै देशको ३४ औ प्रधानमन्त्री समेत भइसकेका छन् । धर्म संस्कृति संरक्षणमा लागेका किरात धर्म गुरु आत्मानन्द लिङ्देनलाई प्रसिद्ध प्रवल जनसेवा श्री दिइने भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बामा आश्रम बनाइ बसेका महागुरु फाल्गुनन्दका नाति लिङ्देनले किरात धर्मको माध्यमबाट मदिरा र काटमारलाई निरुत्साह गर्दै आएका छन् ।

यसैगरी इलाम नगरपालिका–७ मा जन्म भई काठमाडौंलाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा क्रियाशिल मुकुन्द दाहाललाई पनि प्रबल जनसेवाश्री मानपदवी प्रदान गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई पनि सरकारले बिभूषित गर्ने भएको हो । दाहाल न्यूज टवान्टि फोरमा कार्यरत छन् ।

कला, संगित र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रवल जनसेवाश्री पदक बाट कोमल निरौलालाई विभूषित गर्ने भएको छ । इलाम नगरपालिका ७ मा स्थायी बसोबास गर्दै आएका गायक तथा संगितकार कोमल निरौला साँगितीक क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा छन् । २०२६ सालमा रेडियो नेपालमा पहिलो पटक ’के सानी रहिछौ नानी तिमी, बोलाऊ बोलाऊ लाग्छ गित रेकडिङ गराएका निरौलाले दर्जनौ गीतमा स्वरका साथै संगीत दिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ समेत रहेका छन् ।

यसैगरी स्वास्थ्य कार्यालय इलाममा लामो समयदेखि कार्यरत बिमल बरालले कोराना महामारीको प्रकोपमा जिल्लाको कोभिड १९ फोकल पर्सनमा रहेर महामारी रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जनसेवा श्री बाट विभुषित भएका छन् । बिगत २४ बर्षदेखि स्वास्थय कार्यालय इलाममा अनवरत खटिएका बरालको स्थायी घर भने झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ हो । स्वास्थ्य कार्यालय इलामको मलेरिया इनिस्पेक्टर निरीक्षक अधिकृत भएर काम गर्दै आउनु भएका बरालले ३६ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गरीरहनु भएको छ ।

जिल्लाको सुरक्षाका विशेष योगदान दिएका शसस्त्र प्रहरी बल इलामका प्रहरी उपरिक्षक सुधिरजंग थापालाई नेपाल प्रताप सुभुषण दिने भएको छ । थापा शसस्त्र प्रहरीको जिल्ला प्रमुख भएर आएपछि नेपाल–भारत सिमाको विभिन्न स्थानमा विओपी स्थापनाका लागि महत्वपुर्ण भुमिका खेलेका थिए । उनी झापा कनकाई नगरपालिका लक्ष्मीपुरका बासिन्दा हुन् ।

१३ औ सागको स्वर्ण पदक बिजेता इलामको देउमाई नगरपालिका–३ पानीटारकी जुनि राईलाई सुकृति पदक दिइने भएको छ । यदपी जुनीले खेलकुदको क्षेत्रबाट पदक पाएकी हैनन् । प्रहरी सहायक निरिक्षक उनलाई पुनरावेदन अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायधिश सुरक्षा गार्ड राजविराजमा पु¥याएको योगदानको आधारमा नेपाल प्रहरीले सिफारिस गरेको हो ।

शिक्षा समन्वय विकास इकाई मोरङमा कार्यरत इकाई प्रमुख टंकनाथ गौतमलाई समेत प्रवल जनसेवाश्री प्रदान गरिएको छ । इलामका पुर्व जिल्ला शिक्षा अधिकारी गौतम देउमाई नगरपालिकाका बासिन्दा हुन् । जनसेवाश्री पदकबाट इलाम नगरपालिका–७ की बिष्णु लिम्बु दाहाल समेत सम्मानित हुँदैछिन् । महिला जागरण संघकी अध्यक्ष दाहाल लामो समय देखि इलाममा समाजसेवा गर्दै आएकी छन् ।

( कसैको छुट्न गएमा समावेश गरेर परिमार्जन गरिदै लगिनेछ)

इलामकी जुनी : जसले १२ औ सागको स्वर्ण सपना १३ औ मा पुरा गरिन्

प्रतिक्रिया
सम्बन्धित समाचार