Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामकी जुनी : जसले १२ औ सागको स्वर्ण सपना १३ औ मा पुरा गरिन्

इलामकी जुनी : जसले १२ औ सागको स्वर्ण सपना १३ औ मा पुरा गरिन्

  • नमीन ढकाल
  • शनिबार, मंसिर २१ २०७६


इलामकी जुनी : जसले १२ औ सागको स्वर्ण सपना १३ औ मा पुरा गरिन्

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना अधुरो भएको थियो । ६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २–० अङ्कले नै पराजित हुदै रजतमा चित्त बुझाउनुप¥यो । तर १३ औ सागमा उनको सपना पुरा भयो त्यो पनि घरेलु भुमीमा नै । समग्र देशका लागी ३६ औ र उसुको लागी ५ औ स्वर्ण पदक उनले आफनो नाममा कायम गर्न सफल भइन् ।

‘ १२ औ सागमा फाइनलमा पुगेर हार्नुपर्दा सारै दुःख लागेको थियो । १३ औ कुनै पनि हालतमा स्वर्ण जित्ने संकल्प गरे ।’ उनी सम्झन्छिन ‘ भारतियसँग पराजित हुँदा अर्को संस्करणमा भारतियलाई नै हराउँछु भन्ने थियो । पहिलो खेलमै हराए यो नै पहिला खुशी थियो । फाइनलमा स्वर्ण जिते सपना पुरा भयो ’ लगनखेल स्थित नेपाली सेनाको कभर्डहलमा भएको सान्सो ५६ केजी तौल समूहमा प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक पक्का गरिन । जुनिले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति चानुलाई २–० ले हराएकी थिइन ।
उसुमा जुनीको यात्रा
इलाम देउमाई नगरपालिका–३ की स्थायी बासिन्दा उनले उसु खेल्न थालेको ८ बर्ष मात्र हुँदै छ । उसु खेल्न सुरु गरेको १ बर्ष पनि नवित्दै उनले छैटौ राष्ट्रिय खेलमा पुर्वाञ्चल टिमबाट प्रतिनिधित्व गर्ने मौका पाइन् । पहिलो अवसरमा नै आफुलाई अव्वल प्रमाणित गर्दै राष्ट्रिय खेलाडी झरना गुरुङसँग पराजित बन्दै रजत पदक प्राप्त गरिन् । ‘उसु खेल्न सुरु गरेको बर्ष नै छैटौ खेलकुदमा रजत पाएपछि अझ हौसला बढ्यो ।’ उनी भन्छिन् ‘ म सक्छु भन्ने आट पलायो । त्यसपछि खेलमा अझ मेहनत गर्दै साग खेल्ने इच्छा थियो त्यो पनि ४ बर्षपछि पुरा भयो तर स्वर्ण जित्न चुक्दा सारै नमज्जा लागेको थियो ।’
१२ औ सागको त्यो रजत
४ बर्षसम्म भएका विभिन्न राष्ट्रिय स्तरको प्रतियोगितामा आफनो क्षमता प्रमाणित गरेपछि उनले १२ औ सागमा अवसर पाइन् । तर आफनौ तौल समुह नभएपछि माथिल्लो समुहमा खेल्नुपर्ने समस्या उनी सामु तेर्सियो । ‘५६ केजीमा खेल्दै आएको थिए सागमा तौलमा भिड्ने प्रतिद्धन्द्धी नभएपछि ६० केजीमा नै भिडे ।’ उनी भन्छिन ‘ हिम्मत नहारी सहभागी भए र अन्तराष्ट्रिय स्तरमा प्रमाणित गर्ने अवसर पनि त्यही प्रतियोगिता नै रहयो ।’ पाकिस्तान र श्रीलंकाकी खेलाडीलाई पराजित गरेकी जुनी फाइनलमा भारतिय अरुणनपमा देवीसँग पराजित बन्न पुगिन् । २०७२ सालबाट नेपाल पुलिसमा असई (प्रहरी सहायक निरीक्षक) को तालिम दौरान नै उनले १२ औ सागमा पदक जितेकी थिइन् ।


प्रहरी तालिम र साग तालिमसँगै अघि बढाएकी उनका लागी पदक जित्नु नै सौभाग्य सावित भयो । पदक पाएको ५ महिना पछि उनी नेपाल पुलिसको असई समेत बन्न सफल भइन् । सातौ र आठौ राष्ट्रिय खेलकुदमा आफनो तौल समुहमा स्वर्ण जित्न सफल भइन् । आठौ खेलकुदमा देखाएको प्रर्दशनको आधारमा १३ औ सागमा सहभागीताको अवसर पाएकी हुन्
पदक विजेतालाई बाँच्ने आधार तय होस
अरु खेलाडीले झै खेलेर नै जिवन धान्न कठिन रहेको जुनीको धारणा छ । ‘ विभागमा हुनेको त जागिर हुन्छ र जिउन सकिन्छ अरुलाई त खेलेर नै जिवन धान्न कठिन छ ।’ उनी भन्छिन् ‘ पदक विजेता खेलाडीहरुलाई सरकारले बाँच्ने आधार तय गरिदिए नेपालको लागी साग मात्र होइन ओलम्पिकमा पनि पदक असम्भव छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार