सन्दकपूर । संविधान दिवशको अवसरमा इलामको सन्दकपूर गाउँपालिकामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरिएको छ । नेपाल संविधान जारी भएको दिनको संम्झनामा संविधान दिवश मनाइदै आएको छ ।
संविधान दिवशको अवसरमा सन्दकपूर गाउँपालिकाले विभिन्न सेवा समूहका पाँच जना कर्मचारीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत सव इञ्जिनियर राजकुमार यादव, प्रशासन शाखाका सुनिल निरौला, स्वास्थ्य सेवा तर्फ सिनियर अनमि चन्द्रकला मुखिया, शिक्षा सेवा तर्फबाट धनकुमार राई, करार कर्मचारीको तर्फबाट निपेश फुयललाई नगद १० हजार सहित पुरस्कृत गरिएको थियो ।
पुरस्कृत कर्मचारीहरुलाई गाउँपालिका अध्यक्ष उदय राई र प्रमुख प्रशासकिय अधिकृत महेश राईले नगद र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

संविधान दिवशको अवसरमा कार्यालयको प्रमुख प्रशासकिय भवन परिषर, सातखाल्डे सहिद पार्क, रामसरा क्षेत्र माईपोखरीमा सरसफाई गरिएको थियो ।
